तपाईंको मास्क खै? अभियान सुरू दार्चुलामा

२ बर्ष अघि

२0७८ पुष ३0 शुक्रबार

तपाईंको मास्क खै? अभियान  सुरू दार्चुलामा

दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलाले ‘तपाईको मास्क खै?’ सचेतना अभियान फेरी शुरु गरेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको सहभागितामा दार्चुला सदरमुकाम खलंगा बजारमा प्रहरीले तपाईको मास्क खै? अभियान अन्तरगत मास्क नलगाउनेलाई सम्झाइबुझाइ गरेर मास्क वितरण गर्न थालिएको हो ।अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्न र घर बाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न ‘तपाईको मास्क खै?’ लेखिएको व्यानर र प्लेकार्डको प्रयोग गरी सचेतना अभियान शुरु गरेको प्रहरीले जनाएको छ । उक्त अभियानको प्रमुख जिल्ला अधिकारी उपाध्यायले शुभारम्भ गर्नुभयो । यस अभियानले सम्पूर्ण सडक प्रयोगकर्ता आम सर्वसाधरणलाई मास्कको अनिबार्य प्रयोग गर्नुपर्छ भन्ने कुरालाई स्मरण गराउने र मास्कको प्रयोग नगरेकाहरुलाई लगाउन प्रेरित समेत गर्ने प्रहरीले जनाएको छ ।कोरोना संक्रमण बढ्न थालेपछि मास्कको अनिवार्य प्रयोग गर्ने लगायतका जनस्वास्थ्य सुरक्षाका मापदण्डको कडाइका साथ पालना गर्न जिल्ला प्रशासन कार्यालयले आदेश समेत जारी गरेको छ ।