थप ५ जनामा कोरोना संक्रमण पुष्टि

२ बर्ष अघि

२0७८ पुष २८ बुधबार

थप ५ जनामा कोरोना संक्रमण पुष्टि

दार्चुला । दार्चुलामा थप ५ जनामा कोरोना पुष्टि भएको छ । बुधवार गरिएको एन्टिजेन परिक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । सूचना अधिकारी कार्कीका अनुसार महाकाली नगरपालिकाको पुलघाटमा गरिएको परिक्षणमा ५ जनामा संक्रमण देखिएको हो ।  मंगलवार मात्रै ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लामा अहिले कोरोनाका १४ जना सक्रिय संक्रमित रहेका छन् ।