एमाले दार्चुलाको अध्यक्षमा प्रेम सिह धामी

२ बर्ष अघि

२0७८ पुष २७ मंगलवार

एमाले दार्चुलाको अध्यक्षमा प्रेम सिह धामी

दार्चुला ।नेकपा एमाले दार्चुलाको अाठाै जिल्ला अधिबेशन बाट अध्यक्षमा प्रेम सिंह धामी निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी ज्ञानेन्द्र घर्तीलाई भारि मतका साथ पराजित गर्दै धामी अध्यक्षमा निर्वाचित भएका छन् ।

धामीले ५ सय ८८ मत पाउँदा घर्तीले ९२ मत मात्रै पाउन सके । उपाध्यक्षमा भने चरन सिंह बुढाथोकी यस अघि निर्वाचित भइसकेका छन् ।

यसैगरी सचिवमा ४ सय २२ मत ल्याएर शेर सिंह धामी विजयी भएका छन् । उप—सचिवमा ३ सय ८४ मत ल्याएर खडक सिंंह बडाल र २ सय ७३ मत ल्याएर चन्द्रा देबी कुवर निर्वाचित भएका छन् ।