स्थानीय सरकारले अझै बुझाएनन् खर्च विवरण

६ बर्ष अघि

२0७५ भाद्र ८ शुक्रबार

स्थानीय सरकारले अझै बुझाएनन् खर्च विवरण

दृष्टिकोण समाचार दार्चुला , दार्चुला जिल्लाका स्थानीय तहले आफनो खर्च विवरण अझै बुझाएका छैन ।

दार्चुला जिल्लामा रहेका ९ वटै स्थानीय तहहरुले  आर्थिक वर्ष २०७४÷०७५ मा खर्च गरेको विवरण हाल सम्म कोष तथा लेखा नियन्त्रण कार्र्यालयमा नबुझाएको कोष तथा लेखानियन्त्रणको कार्यालय दार्चुलाले जानकारी दिनु भयो । असार मसान्त भित्र खर्च विवरण कोष तथा लखा नियन्त्रक कार्यालयमा बुझाउनु पर्नेभए पनि साउन महिना बितिसक्दा समेत खर्च विवरण नबुझाएको र  कुन स्थानीय तहमा कति खर्च भयो ? कति फ्रिज भयो भन्ने कुराको अहिले सम्म जानकारी नदिएको कोष नियन्त्रक जयान्द जोशीले बताउनु भयो ।

दार्चुला जिल्ला भरि रहेका नौ ओटा स्थानीय तहमध्ये शुक्रबार सम्म कुनै पनि स्थानीय तहले खर्च विवरण बुझाएका छैन्न । दार्र्चुला जिल्लाभरिको १ अर्ब १४ करोड ५ लाख ४हजार ६ सय २१ रुपैया ९८ पैशा खर्च भएको जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले स्थानीय तहले खर्च विवरण नबुझाएरै खर्च विवरण संकलन गरेको हो । दार्चुला जिल्ला भरिमा गत आर्थिक वर्षको बजेट १ अर्ब ३३ करोड २४ लाख २९ हजार ८ सय २ रुपैया बजेट रहेको नियन्त्रक जोशीले बताउनु भयो ।

दार्चुलाका स्थानीय तहले गत आर्थिक वर्षमा आफुले गरेको खर्चको विवरण  सार्वजनीक नहुदा दार्चुला जिल्लामा के कती अवस्थामा विकास भयो र कसरी चलाईयो स्थानीय तहको रकम भन्ने बारे कुनै जानकरी नभएको कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाले बताउनु भयो ।