एमाले दार्चुलाकोे आठौँ जिल्ला अधिवेशन उद्घाटन

२ बर्ष अघि

२0७८ पुष २३ शुक्रबार

एमाले दार्चुलाकोे आठौँ जिल्ला अधिवेशन उद्घाटन

दार्चुला । नेकपा एमाले दार्चुलाको आठौँ जिल्ला अधिवेशन शुक्रबार दिउँसो उद्घाटन गरिएको छ । नेकपा एमाले केन्द्रिय कमिटि अध्यक्ष केपी शर्मा ओलीले दार्चुला लगायत विभिन्न हिमाली र आन्तरिक विवादमा परेका जिल्लामा एमालेको जिल्ला अधिवेशन उद्घाटन गर्नु भएको हो । एमाले पार्टी अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट जिल्ला अधिवेशन उद्घाटन गर्नु भएको हो ।


नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष रामदत्त जोशीको अध्यक्षता एवं एमाले पोलिटब्युरो सदस्य, सुदूपश्चिम प्रदेश कमिटि सह–इन्चार्ज तथा पूर्व मन्त्री गणेश सिंह ठगुन्नाको प्रमुख आतिथ्यतामा नेकपा एमाले दार्चुलाका जिल्ला अधिवेशन उद्घाटन गरिएको हो । नेकपा एमालेका प्रदेश कमिटि सदस्यहरु, जिल्ला कमिटि सचिवालय सदस्यहरु, जिल्लाका विभिन्न स्थानीय तहबाट जिल्ला प्रतिनिधिहरु तथा एमालेका नेता कार्यकर्ताहरु लगायतको सहभागिता थियो ।


जिल्लाभरीबाट ७ सय ७५ जना प्रतिनिधिहरु अधिवेशनमा सहभागि हुनेछन् । गाउँबाट प्रतिनिधिहरु दुई तीन दिन अगाडी नै जिल्ला पुगिसकेका थिए भने केही प्रतिनिधिहरु आज पुगेका छन् । अधिकांश प्रतिनिधिहरु विहीबार साँझसम्म खलंगा पुगिसकेका थिए । उद्घाटनसत्र आज सकिए सगै भोली विहान १० बजे बाट बन्द सत्र सुरु हुने नेकपा एमाले दार्चुलाले जनाएको छ ।