एमाले दार्चुलाको आठौँ जिल्ला अधिवेशनको तयारी पुरा

२ बर्ष अघि

२0७८ पुष २२ बिहीबार

एमाले दार्चुलाको आठौँ जिल्ला अधिवेशनको तयारी पुरा

दार्चुला । नेकपा एमाले दार्चुलाको आठौँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । यही पुस २३ गते (भोली) दिउँसो १२ बजे देखि दार्चुला सदरमुकाम खलंगास्थित भावना सभाहलमा सुरु हुने अधिवेसनको सम्पूर्ण तयारी पुरा भएको नेकपा एमाले दार्चुलाका सचिव ज्ञानेन्द्र घर्तीले जानकारी दिनुभयो । दिउँसो १२ बजे अधिवेसन उद्घाटन सत्र सुरु हुने उहाँले बताउनुभयो । कार्यविभाजन अनुसार छ वटै उपसमितिले आफ्नो काम लगभग सम्पन्न गरिसकेको उहाँको भनाई छ ।

जिल्ला अधिवेसन प्रतिनिधिको परिचयपत्र बनाउने काम समेत लगभग सकिएको सचिव घर्तीले बताउनुभयो । व्यवस्थापन, प्रचारप्रसार र प्राविधिक कामहरु सबै सकिएको एमाले जिल्ला अधिवेसन आयोजक कमिटीले जनाएको छ । जिल्ला अधिवेसनमा नेकपा एमाले दार्चुलाले पछिल्लो समयमा गरेका विकास र समृद्धिका कामहरु समेटिएको भिडियो डकुमेन्ट्री समेत प्रस्तुत गरिने एमाले दार्चुलाका प्रचारप्रसार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । जिल्ला अधिवेसनका लागि जिल्लाभरीबाट ७७५ जना प्रतिनिधि सहभागि हुने प्रचारप्रसार विभाग प्रमुख बडालले बताउनुभयो ।


बुधबार बसेको जिल्ला कमिटी पदाधिकारी वैठकले विशिष्ट र १५ वटा जनबर्गिय संगठनहरुबाट ३७ जना प्रतिनिधि मनोनित गरेसंगै अधिवेसन प्रतिनिधिको संख्या ७७५ पुगेको हो । जिल्ला अधिवेसन आयोजक कमिटीका १८० जना सदस्यहरु पदेन जिल्ला अधिवेसन प्रतिनिधि हुने बताइएको छ । दार्चुलामा ६१ वडाबाट ५११ जना, महाकाली र शैल्यशिखर नगरकमिटीबाट ६र६ जनागरी १२ जना र मालिकार्जुन, लेकम, मार्मा, दुहुँ, अपिहिमाल, नौगाड र व्यास गाउँकमिटीबाट ५र५ जना गरी ३५ जना प्रतिनिधि चयन गरिएको छ ।

देशभर पुस २३ गते शुक्रबार नै जिल्ला अधिवेसन आयोजना गरिएको र भर्चुअल माध्यमबाट केन्द्रीय अध्यक्ष केपी सर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।