दार्चुला । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको सरुवा भएको छ । प्रमुख जिल्ला अधिकारी जोशीले २०७७ फागुन २३ गते दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हालेका थिए । गृह मन्त्रालयले बझाङ, बाजुरा, दार्चुला, झापा, सुर्खेत, बागलुङ, ओखलढुङ्गा, इलाम, रुकुम पश्चिम जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ । जसअनुसार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको गृह मन्त्रालयमा सरुवा गरिएको छ भने बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायलाई दार्चुलाको प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ ।