एमाले दार्चुलाले गर्यो वडा र पालिकाहरुबाट जिल्ला अधिवेसन प्रतिनिधि चयन

२ बर्ष अघि

२0७८ पुष १८ आईतवार

एमाले दार्चुलाले गर्यो वडा र पालिकाहरुबाट जिल्ला अधिवेसन प्रतिनिधि चयन

दार्चुला । नेकपा एमालेको आठौँ जिल्ला अधिवेशनका लागि दार्चुलाका नौँ वटै स्थानीय तहबाट प्रतिनिधि चयन गरिएको छ । पुस १५ र १६ गते जिल्लाका ६१ वटै वडाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छनौट गरेको एमालेले शनिबार गाउँ नगर पालिका कमिटीबाट प्रतिनिधि चयन गरेको हो । वडाबाट संगठित सदस्य संख्याको आधारमा प्रतिनिधि चयन गरिएको छ भने नगरकमिटीबाट ४ जना पुरुष र २ महिला गरी ६ जना र गाउँपालिका कमिटीबाट ३ जना पुरुष र २ जना महिला गरी ५ जना प्रतिनिधि चयन गरिएको छ ।

लेकम गाउँपालिका कमिटीबाट केशबराज बिष्ट, राज बोहरा, पुष्पराज जोशी, रिता बिष्ट, पुजा सार्की जिल्ला प्रतिनिधि चयन भएका छन् । लेकम गाउँपालिकाबाट जिल्ला अधिवेसन आयोजक कमिटी सदस्यबाहेक ६१ जना प्रतिनिधि चयन गरिएको गाउँकमिटी अध्यक्ष केशबराज बिष्टले जानकारी दिनुभयो । वडानम्बर १ बाट ७ जना, वडानम्बर २ बाट १० जना, वडानम्बर ३ बाट ७ जना, वडानम्बर ४ बाट १२ जना, वडानम्बर ५ बाट १० जना र वडानम्बर ६ बाट १० गरी ५६ जना प्रतिनिधि भुगोलबाट र ५ जना गाउँकमिटीबाट गरी ६१ जना प्रतिनिधि चयन गरिएको जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य एबं लेकम गाउँकमिटी इन्चार्ज परमानन्द जोशीले बताउनुभयो । शनिबार बसेको बैठकले लेकम गाउँपालिका वडा नम्बर ६ का वडा कमिटी सदस्य चन्द्र सार्कीको यहि पुस १४ गते असमाहिक मृत्यु भएकोले शोक प्रस्ताव समेत पारीत गरिएको गाउँकमिटी अध्यक्ष बिष्टले बताउनुभयो ।


महाकाली नगरपालिकाबाट नरसिह चैसीर, दुर्गा धामी, मदनसिह ठगुन्ना, खडकसिह महर, रतनसिह बोहरा र प्रेमसिह साहु चयन भएका छन् । मालिकार्जुनबाट गणेशसिह धामी, सुरेन्द्रसिह धामी, पदमसिह धामी, कमला टमटा र जानकी धामी चयन भएका छन् । दुहुँ गाउँपालिका स्तरिय कमिटीबाट जंगबहादुर बम, जमनसिह बडाल, उत्तमबहादुर बम, भवानी लोथ्याल र पार्वती जोशी चयन भएका छन् ।

व्यासबाट मंगलसिह धामी, निर्मला धामी, नारद दत्त भट्ट सहित ५ जना चयन गरिएको छ । नौगाडबाट नरेन्द्रसिह ठगुन्ना, ठगेन्द्रसिह जुहारी, पानसिह धामी, गिता ठगुन्ना र रुपा टमटा चयन भएका छन् । शैल्यशिखर, मार्मा र अपिहिमाल गाउँपालिकाबाट समेत प्रतिनिधि चयन गरिएको बताइएको छ । जिल्लाभरीका वडाहरुबाट सदस्य संख्याको आधारमा मापदण्ड अनुसार र पालिकाहरुबाट ४७ जना जिल्ला अधिवेसन प्रतिनिधि चयन भएका छन् । जिल्ला अधिवेसन आयोजक कमिटी सदस्यहरु भने पदेन प्रतिनिधि हुने बताइएको छ ।

पुस २३ गते एमालेको जिल्ला अधिवेसन आयोजना हुने भएकोले सदरमुकाम खलंगामा चहलपहल बढ्न थालेको छ । जिल्ला नेतृत्वका लागि करिब आधा दर्जन नेताहरुले पहल गरिरहेको बुझिएको छ ।