खाेलाले बगाउँदा एक बालिकाकाे मृत्यु

६ बर्ष अघि

२0७५ भाद्र ८ शुक्रबार

खाेलाले बगाउँदा एक बालिकाकाे  मृत्यु

दृष्टिकोण समाचार बैतडी भाद्र ८
बैतडीको पुर्चौडी नगरपालिका ९, ऐराडीका सुरेन्द्र बिष्टकी १३ वर्षीया छोरी रिना विष्टको खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ।

कोटिलीगाड खोलाले बगाएर रीनाकाे हिजो मृत्यु भएको हो । विद्यालयबाट घर फर्किने क्रममा बिहीबार करिब ४ बजे कोटेलीगाड नदी र ऐराडी खोलाको दोभानमा तर्ने क्रममा बगेर उनको मृत्यु भएको हो । गलिनाथ मावि, बडगाउँमा कक्षा ९ मा अध्ययनरत बिष्टको शव करिब पाँच सय मिटर तल फेला परेको जिल्ला प्रहरी कार्यलय बैतडीले जानकारी दिनु भयो