महाकाली नदीको संरक्षण र स्वच्छताका लागि जागरण भेला

२ बर्ष अघि

२0७८ पुष १७ शनिबार

महाकाली नदीको संरक्षण र स्वच्छताका लागि जागरण भेला

दार्चुला । पवित्र महाकाली नदीको संरक्षण र स्वच्छताका लागि जागरण भेलाको  आयोजना गरिएको छ । दार्चुला जिल्लाको विभिन्न भु-भागहरुबाट निस्कीने महाकाली नदी नेपाल भारतको सिमा नदी हो । 
नेपालको दार्चुला जिल्ला सदरमुकाम खलंगा बजार र भारतको पिथौरागढ जिल्लाको धारचुला तहसिलको बजार क्षेत्र अव्यस्थीत हुदै गइरहेको र बजार क्षेत्रमा भइरहेको दिनानु दिनको जनसंख्या वृद्धिले महाकाली नदी दुर्गन्धीत भइरहेकोले त्यसको संरक्षणको लागि छलफल गर्न भेला आयोजना गरिएको हो । 
महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । यो नदी धार्मिकरूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएकाले अवका दिनमा नदीको स्वच्छतामा ध्यान दिनु आवश्यक रहेको छ । भोलिका दिनमा दैविक प्रकोपका कारण नदिको अन्य पानीका मुहानहरु सुक्दै गएका नदीको पानी प्रयोय गर्नुपर्ने बाध्यता आउन सक्ने भएकाले सरसफईमा ध्यान दिनु आवश्यक रहेको पवित्र महाकालीस्वच्छता अभियानका संयोजक शंकर सिह धामीले बताउनु भयो । 
धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिएको महाकाली नदी दिन प्रतिदिन सोझै ढल र फोहर फालिएपछि फोहरले नदी दुर्गन्धित बन्दै गएको छ । नदीको पवित्र, स्वच्छता र संरक्षण गर्नुपर्ने भएकोले जागरण भेलाको आयोजना गरिएको जागरण अभियानले सबैलाई उजागर गर्नु आवश्यक रहेको  पदम सिह बडालको भनाई छ । 
जागरण भेला पुस १७ गते महाकाली नगरपालिकाको विरेन्द्र वन नजिक  महाकाली नदीको किनारमा आयोजना गरिएको छ । महाकाली नदिमा पाईने जिव जन्तुको बासस्थान हराउनुको मुख्यकारण नदी प्रदुसित र अवैद किसिमले बालुवा , ढुङगा गिट्टिको उत्खन्न तथा नदि किनारामा रहेका बस्तीहरुबाट फोहर पालिनु,  उब्रा भुमिहरुमा रसाईनिक मल र विसादिहरुको प्रयोग तथा जलवायु परिवर्तनको कारणले नदिमा फाहर बढिरहेको   नदि अधिकार कर्मी नारायण जोशीको भनाई छ । 
महाकाली नदीको संरक्षण र स्वच्छताका अभियानको छलफल कार्यक्रममा जिल्लाका सरोकारवाला तथा महाकाली नदिको स्वाच्छताका क्षेत्रमा काम गर्ने व्यक्तीहरुको सहभागिता रहेको थियो ।