गुड नेवर्स ईन्टरनेशनल नेपाल दार्चुलाले एकबर्षको अवधिमा झन्डै २ करोड बजेट खर्च

२ बर्ष अघि

२0७८ पुष १६ शुक्रबार

गुड नेवर्स ईन्टरनेशनल नेपाल दार्चुलाले एकबर्षको अवधिमा झन्डै २ करोड बजेट खर्च

दार्चुला । गुड नेवर्स ईन्टरनेशनल नेपाल दार्चुलाले एक बर्षको अवधिमा १ करोड ९५ लाख ४३ हजार १ सय ८८ रुपयाँ खर्च गरेको छ । 
गुड नेवर्स ईन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक ग्रामिण विकास समाज नेपाल र संकल्प मार्फत गरिएको  कामकाबारेमा समिक्षा गर्दै उक्त बजेट सार्वजनीक गरिएको हो । 
एक बर्षको अवधिमा गरेका कृयाकलापहरुका बारेमा जानकारी गराउन बार्षिक समिक्षा तथा लेखा परिक्षण कार्यक्रम गरिएको छ । जस्मा  परियोजनाले मालिकार्जुन गाउँपालिकाको वडा नम्बर १ देखी ८ सम्म दुहुँ गाँउपालिकाको १ देखि ५ सम्म र महाकाली नगरपालिकाको वडा नम्बर ९ मा शिक्षा, स्वास्थ्य र जिविकोपार्जन तथा आय-आर्जनको क्षेत्रमा कार्य गर्दै आइरहेको गुड नेवर्स ईन्टरनेशनल नेपाल दार्चुलाका संयोजक नारायण प्रसाद चौधरीले  जानकारी दिनुभयो ।
संस्थाहरुले मालिकार्जुन गाउँपालिकाका १ देखि ८ वडा ,महाकाली नगरपालिकाको ९ नम्बर वडा तथा दुहुँ गाउँपालिकाका १ दखि ५ वडाहरुका ५६ वटा विद्यालयका १ हजार ६ सय १२ जना बालबालिका र १२ वटा स्वास्थ्य संस्था तथा ५ वटा सहकारीहरु संग यस परियोजनाले  शिक्षा, स्वास्थ्य, जिविकोपार्जन र बाल संरक्षण, क्षमता विकास, संजालीकरण, पैरवी, आपतकालिन सहयोग गर्दै आईरहेको छ ।
गुड नेवर्स इन्टरनेशल नेपालको आर्थिक सहयोग तथा स्थानिय साझेदार संस्था सामुदायिक ग्रामिण विकास समाज नेपाल र संकल्प दार्चुलाद्धारा जिल्लामा संचालित सामुदायिक विकास परियोजना कार्यक्रमले जिल्ला अस्पताल दार्चुला र मालिकार्जुन गाउँपालिकाको शंकरपुर कोभिड अस्पताललाई ५ लाख भन्दा बढिको  स्वास्थ्य सामाग्री समेत  हस्तान्तरण गरेको संकल्प दार्चुलाका संयोजक नारायण जोशीले बताउनु भयो । 
संस्थाले आयआर्जन कार्यक्रमका मुख्य उपलब्धीहरुमा घुम्तिकोषमार्फत सहकारीको नगद पुजि बृद्धिमा सहयोग घुम्तीकोषमार्फत बाख्रा पालन व्यवसाय संञ्चालन गरि ५७ जनालाई स्थानीयस्तरमा रोजगारी सिर्जना समेत गरिएको ग्रामिण विकास समाज नेपाल दार्चुलाका टिमलिडर  असोक ओझाले जानकारी दिनु भयो । 
महाकाली नगरपालिका वडा नम्बर ९ वडा अध्यक्ष हरसिह डागाको अध्यक्षतामा भएको कार्यक्रममा महाकाली नगरपालिकाका उप प्रमुख सुना बोहराको प्रमुख    अातिथ्य्तामा वार्षिक समिक्षा तथा सामाजिक लेखापरिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।