अधिवेशमा जुट्यो एमाले दार्चुला

२ बर्ष अघि

२0७८ पुष १५ बिहीबार

अधिवेशमा जुट्यो एमाले दार्चुला

दार्चुला । नेकपा एमाले दार्चुला आठौ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । यहि पुष २३ गते हुने अधिवेशनको लागि तयारी तिव्र थालेको छ ।  आठौं जिल्ला अधिवेशनको लागि वडा तहबाट प्रतिनिधि छनौट बिहीबारबाट सुरु भएको छ । जिल्लाका अपिहिमालबाहेकका सबै स्थानीय तहमा जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधि छनौट सुरु गरिएको एमाले दार्चुलाका प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । पुष ११ गते बसेको जिल्ला कमिटी बैठकले अधिवेशनमा सहभागि हुने प्रतिनिधिको मापदण्ड तयार पारेको थियो । सोहीअनुसार वडा तहबाट प्रतिनिधि छनौट सुरु भएको बडालले बताउनुभयो ।
एमालेले अहिलेको अधिवेशनलाई ऐतिहासिक बनाउने तयारी गरेको छ । जसअनुसार नेकपा एमालेले पुष १७ गते पालिकाबाट प्रतिनिधि छनौट गरिसक्ने छ ।  केन्द्रीय अधिवेशन सकेको एमालेले जिल्ला अधिवेशनलाई पनि भव्य बनाउने तयारी गरेको छ । अधिवेशनलाई सफल बनाउन विभिन्न कमिटि बनाएर तयारी थालेको हो ।
प्रचार विभाग प्रमुख बडालले बिहीबार प्रेस चौतारी निकट पत्रकारहरुसँग छलफल गर्दै अधिवेशन भव्य बनाउने बताउनुभयो । यो ऐतिहासिक भव्य बनाउने गरी तयारी थालेका छौं बडालले भन्नुभयो, सबैबाट उल्लासपूर्ण रुपमा प्रतिनिधि छनौट भइरहेको छ । अधिवेशनलाई डिजिटलाइज बनाउने योजना छ बडाल भन्नुहुन्छ ।  

यसैबीच नौगाड गाउँपालिकाको वडा नम्बर ४ बाट १४ जना जिल्ला प्रतिनिधि छनौट भएको छ । वडा अध्यक्ष जानकी घर्तीको अध्यक्षतामा भएको बैठकले अधिवेशन प्रतिनिधि छनौट गरेको सहकर्मी जगत चैसिरले जानकारी दिनुभयो । जसअनुसार दलिततर्फ जनी टमटा, शिवाल टमटा, रुपा टमटा चयन भएका छन् । खुलातर्फ जयसिह धामी, राजेन्द्रसिह धामी, केएस ठगुन्ना, नन्दनसिह धामी, धौलसिह ठगुन्ना, धौलसिह ठगुन्ना, कृष्णसिह धामी चयन भएका छन् । यस्तै महिलातर्फ जानकी ठगुन्ना, मथुरा ठगुन्ना, नारन्ती महता र कान्ती ठगुन्ना चयन भएका छन् । यसैगरी मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ हुनैनाथबाट सर्वसम्मत १४ जना प्रतिनिधि चयन भएका छन् । एमाले मालिकार्जुनका अनुसार दलिततर्फ हरिश लुहार निर्विरोध चयन भए । महिलातर्फ कौशिला धामी, मिना ढोली, लिला देवी धामी, सुनपती धामी,फुन्नी धामी, र हिरादेवी धामी चयन भएका छन् । खुलातर्फ मोहनसिह धामी, सुरेन्द्रसिह धामी, सुरेशसिह धामी, चञ्चलसिह धामी, कपुरसिह धामी, रुद्रसिह धामी, र बलदेवसिह धामी चयन भएका छन् ।