घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ, कारोबार

२ बर्ष अघि

२0७८ पुष १३ मंगलवार

काठमाडौँ । साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँ कायम भएकोमा आज २०० रूपैयाँ घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने बढेको छ । सोमबार प्रतितोला १ हजार २५० रुपैयाँ कायम भएकोमा आज १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।