नेपाललाई दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि

२ बर्ष अघि

२0७८ पुष १३ मंगलवार

नेपाललाई दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबलको उपाधि

काठमाडौँ । नेपाली महिला फुटबल टोलीले दोस्रो पटक एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्जको उपाधि जितेको छ । ढाका उज्वेकिस्तानलाई ३(२ को सेटमा हराउँदै नेपाल दोस्रो पटक  च्याम्पियन बनेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपालले पहिलो सेट २५(२४ ले जितेको थियो । दोस्रो सेटमा उज्वेकिस्तान २५–२४ ले विजयी भए पनि तेस्रो सेट नेपालले २५१५ ले आफ्नो पक्षमा पार्यो । चौथो सेट उज्वेकिस्तानले २५–२२ ले जित्दै खेल वेस्ट अफ फाइभमा पुर्‍यायो । पाँचौं सेट १५—१० ले आफ्नो बनाउँदै नेपालले उपाधि जित्यो । नेपालले शतप्रतिशत नतिजासहित उपाधि जितेको हो ।