विद्यार्थीलाई प्रहरीको प्रशिक्षण

२ बर्ष अघि

२0७८ पुष १२ सोमबार

विद्यार्थीलाई प्रहरीको प्रशिक्षण

दार्चुला ।  प्रहरीले दार्चुलामा विद्यार्थीहरुलाई प्रशिक्षण दिइरहेको छ । लागुऔषध, साइबर क्राइम, बालबिवाह लगायत विषयमा प्रहरीले विद्यार्थीहरुलाई प्रशिक्षण दिइरहेको हो । समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराधका विषयमा विद्यार्थीलाई सचेत गराउनका लागि विद्यालयमा प्रशिक्षण कक्षा चलाइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न विद्यालयमा पुगेर लागुऔषध दुव्र्यसनी, साइबर अपराध, बालबिवाह, बहूबिवाह लगायत विषयमा प्रशिक्षण दिइरहेको उनले बताए । सोही अनुसार सोमवार मालिकार्जुन गाउँपालिका वडा नम्बर ७ स्थित डिन्सी माध्यमिक विद्यालय डिन्सीका विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिनुभयो । प्रहरीले पछिल्लो समय लागु औषध नियन्त्रणका लागि जिल्लाका विभिन्न विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ ।