विद्यालय जान्छु भनी हिँडेकी बालिका बेपत्ता

२ बर्ष अघि

२0७८ पुष १२ सोमबार

विद्यालय जान्छु भनी हिँडेकी बालिका बेपत्ता

दार्चुला ।  दार्चुलामा विद्यालय गएकी बालिका बेपत्ता भएकी छन् । आइतबार बिहान घरबाट विद्यालय जान्छु भनी हिँडेकी मार्मा गाउँपालिका–३ रिल बस्ने १५ वर्षीया बालिका ईश्वरी धामी सम्पर्कविहीन भएकी हुन् ।वडा नम्बर–३ स्थित लटिनाथ माध्यमिक विद्यालय रस्कोटमा अध्ययनरत छात्रा परिवारजनसँग सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्करसिंह ऐरीले जानकारी दिए ।ईश्वरी धामीको खोजीको लागि उनका बुवा कृष्णसिंह धामीले प्रहरी कहाँ निवेदन दिएका छन् ।बेपत्ता भएकी धामीको खोजीमा जुटेको तर कहीँ कतै पत्ता लाग्न नसकेको विद्यालयका लेखापाल दिनेश बहादुर सिंहले जानकारी दिए । 

‘हामीले सम्भावित सबै ठाउँमा खोजी गरिसक्यौँ, प्रहरी चौकीमा पनि जानकारी गराएका छौं तर पनि पत्ता लाग्न सकेको छैन ।’ लेखापाल सिंहले भने , “खोजी अझै जारी छ तर फेला पार्न सकिएको छैन ।“ बालिका फेला नपरेपछि विद्यालय र सम्बन्धित परिवार यतिबेला तनावमा रहेको पनि उनले बताए । बेपत्ता भएकी धामी लटिनाथ मावि रस्कोटमा कक्षा ५ मा अध्ययनरत रहेको जिल्ला प्रहरी कार्यालयण् दार्चुलाले जनाएको छ ।