बालविबाह मुक्त घोषणाका रुपमा दार्चुलाका दुईवटा विद्यालय

२ बर्ष अघि

२0७८ पुष १0 शनिबार

बालविबाह मुक्त घोषणाका रुपमा दार्चुलाका दुईवटा विद्यालय

दार्चुला  । दार्चुला जिल्लाको मालिकार्जुन गाउँपालिकाले बालविवाह न्युनिकरणका लागि रणनीतिक योजना तयार पारेर कार्यान्वयन गरिरहेको छ । शुक्रबार बालविबाह मुक्त विद्यालयको रुपमा दुईवटा विद्यालय घोषण गरेको  हो । 
बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले बालबालिका, अभिभावकबीच प्रहरीको साझेदारीमा जनचेतना मूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन र उनीहरुलाई तालिम, बालमैत्री शासन आदि कार्यक्रम गरि सचेतना फैलाइरहेको छ । उमेर नपुग्दै विवाह हुने क्रमलाई रोक्नका लागि गुडनेवर्स इन्टरनेशनल नेपाल र मालिकार्जुन गाँउपालिकाले अभियानको थालनी गरेका छन । 
बालविवाहलाई शून्यमा ल्याउन बालमैत्री शासन कार्यक्रम पनि गरिरहेका छौँ, अहिले गाउँपालिकाभित्र बालविवाह गर्ने क्रम कम हुदै गएकाले मालिकार्जुन गाँउपालिका वडा नं. ६ मा रहेको सरस्वाती मावि उकु र वडा नं.८मा रहेको शंकरपुर मावि पस्तीलाई पहिलो विद्यालयको रुपमा घोषण गरिएको वडा नं. ६ का  अध्यक्ष गोपाल सिह धामीले बताउनु भयो ।
मालिकार्जुन गाउँपालिकामा  शुक्रबार दुई वटा  विद्यालयलाई बाल विबाह मुक्त घोषणामा वडा तह देखि विद्यालय तहसम्म बालविवाह न्यूनीकरणका लागि संस्था तथा स्थानीय तहहरुले हातेमालो गरि अगाडि बढन सके पुरै गाँउपालिकालाई पनि बालविपाह मुक्त घोषण गर्न सकिने गुड नेवर्स इन्टरनेशनल नेपाल दार्चुलाका जिल्ला सयाेजक नारायण प्रसाद चौधरीले बताउनु भयो । 
हाल मालिकार्जुन गाउँपालिकामा १४ देखि १५ वर्षको उमेर समूहमा बालविवाह गर्ने ७ दशमलव १४ प्रतिशत, १६ देखि १७ वर्ष उमेर समूहमा विवाह गर्ने २७ दशमलव ७८ प्रतिशत, १८ देखि १९ वर्ष उमेरमा विवाह गर्ने ६४ दशमलव २९ प्रतिशत रहेको छ ।
बालविबाह बिद्यालय घोषणा गर्ने अभियान अन्तरगत गुड नेवर्स इन्टरनेशनल नेपाल दार्चुलाको अगुवाईमा मालिकार्जुन गाँउपालिकाका २ वटा विद्यालय घोषणा गरिएका छन ।