नेकपा एमाले नौगाडले बृहत कार्यकर्ता भेला गर्दै

२ बर्ष अघि

२0७८ पुष ८ बिहीबार

नेकपा एमाले नौगाडले  बृहत कार्यकर्ता भेला गर्दै

दार्चुला । दार्चुला जिल्लाको नौगाड गाउँपालिकामा नेकपा एमालेको बृहत कार्यकर्ता भेला हुने भएको छ । नौगाड गाउँकमिटको आयोजनामा १० पुषमा बृहत् कार्यकर्ता भेला हुने नेकपा एमाले नौगाड गाउँ कमिटिले जनाएको छ । बृहत कार्यकर्ता भेलामा पार्टीका पोलिटब्युरो तथा केन्द्रीय सदस्य एवम् संघिय सांसद प्रतिनिधिसभा सदस्य तथा सुदुरपश्चिम प्रदेश सह इन्चार्ज गणेश सिंह ठगुन्नाले भेलाको उद्घाटन गर्ने कार्यक्रम रहेको नेकपा एमाले नौगाड गाउँकमिटिले जनाएको छ ।
परमादेश सरकारले जनहितका विरुद्ध, राष्ट्रिय हितका विरुद्ध र लोकतन्त्रका विरुद्ध निर्णयहरु गरेर आफ्नो परिचय दिन सुरु गरेको भन्दै दल विभाजन सम्बन्धी अध्यादेश मार्फत् यसले मुलुकका पार्टीहरुलाई विभाजित गर्ने र राजनीतिमा विकृति भित्र्याउने काम सुरु गरेर आफ्नो अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताइएको छ ।

भूमिसम्बन्धी आयोग विघटन गरेर यसले मुलुकका लाखौं भूमिहीन र सुकुम्बासीका छातीमा बुट प्रहार गर्ने र जनविरोधी वर्गचरित्र स्पष्ट पारेको जनाउदै सबै एमाले शुभचिन्तकहरुलाई यस विषयमा जागरुक गराउन नौगाडमा बृहत कार्यकता भेला गर्ने तयारी गरिएको नेकपा एमाले नौगाड गाउँकमिटिले जनाएको छ । उक्त भेलालाई सम्वोधन गर्न केन्द्र स्तरका नेता आउने जाइएको छ । नौगाड गाउँपालिकाको होपरीगाडमा आयोजना हुने भेलामा धेरै भन्दा धेरै कार्यकताको उपस्थित गराइने नेकपा एमाले नौगाड गाउँमिटिले जनाएको छ ।