नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु

२ बर्ष अघि

२0७८ मंसिर २८ मंगलवार

नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा दोस्रो चरणको मतदान मंगलबार दिउँसो साढे ३ बजे शुरु भएको छ । मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि राष्ट्रियसभा गृह बाहिर लाइनमा बसेका छन् । राष्ट्रियसभागृह बाहिर प्रदर्शनीमार्गमा कांग्रेस नेता कार्यकर्ताको ठूलो भीड लागेको छ । नेपाल ल क्याम्पस अगाडिबाट प्रहरीले महाधिवेशन प्रतिनिधिलाई मात्र भित्र प्रवेश दिएको छ ।


पहिलो चरणको निर्वाचनमा सभापतिका कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि पुनस् मतदान हुन लागेको हो । दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । निर्वाचन समितिले दोस्रो चरणको मतदानका लागि साढे ३ देखि ७ बजेसम्मको समय निर्धारण गरेको छ । सभापति पदमा मात्र मतदान हुने भएकाले छिटो हुने निर्वाचन समितिको भनाइ छ ।