बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु

२ बर्ष अघि

२0७८ मंसिर २८ मंगलवार

बेलायतमा ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु

एजेन्सी । बेलायतमा ओमिक्रोन भेरियन्टबाट कम्तीमा एक जनाको मृत्यु भएको बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार पुष्टि गरेको छ । ओमिक्रोन भेरियन्टको कारण अस्पतालमा भर्ना भएका एक बिरामीको मृत्यु भएको उनले जनाएका हुन् । यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताएका थिए । अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने पनि उनले चेतावनी दिएका छन् ।


युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ । बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिएका छन् । बेलायतमा हिजो एकै दिनमा ५४ हजार ६६१ जना नयाँ कोरोनाभाइरस सङ्क्रमित देखा परेका छन् । यसैसँगै एक करोड ८७ लाख तीन हजार ४६८ जना पुगेको सोमबार जारी गरिएको आधिकारिक तथ्याङ्कमा जनाइएको छ । यसै अवधीमा कोरोनाभाइरस सङ्क्रमणको कारण ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोनाबाट बेलायतमा  एक ४६ हजार ४७७ जनाको मृत्यु भएको छ ।