सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार

२ बर्ष अघि

२0७८ मंसिर २८ मंगलवार

सुनको मूल्य वृद्धि, कतिमा भइरहेको छ कारोबार

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३००ले बढेर ९२ हजार ८०० रुपैयाँ पुगेको छ । सोमबार सुनको मूल्य प्रतितोला रु ९२ हजार ५०० कायम भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम भएको छ । जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८६ डलर आसपास कारोबार भइरहेको छ ।