दार्चुलाका ३ जना कृषक पुरस्कृत

२ बर्ष अघि

२0७८ मंसिर २८ मंगलवार

दार्चुलाका ३ जना कृषक पुरस्कृत

दार्चुला । दार्चुलाका ३ जना कृषक पुरस्कृत भएका छन्। मंगलबार दार्चुलाको भूमि व्यवस्था तथा कृषि ज्ञान केन्द्रमा एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई कृषि विकास निर्देशनालय दिपायल डोटीले ‘भीमदत्त उत्कृष्ट कृषक पुरस्कार’द्वारा पुरस्कृत गरिएको हो।  कृषि खेतीमा उत्कृष्ट कार्य गरेको भन्दै जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ४ का बबिन्द्र धामी बाख्रा फर्ममा उत्कृष्ट कार्य गरेको भन्दै लेकम गाउँपालिका वडा नम्बर ५ का सम्झना धमला बोहरा तथा पशुपालनमा उत्कृष्ट कार्य गरेको भन्दै महाकाली नगरपालिका वडा नम्बर ५ का नबराज जोशीलाई नगद पुरस्कार सहित सम्मानित गरिएको हो।


उनीहरुलाई प्रमाणपत्र सहित जनही २५ हजार नगद पुरस्कारले पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिनुभयो। प्रदेश सरकारको नीति अनुसार प्रत्येक जिल्लाका उत्कृष्ट किसानलाई पुरस्कृत गर्ने कार्यक्रम अनुसार नै यसपटक दार्चुलाका ३ जना किसानलाई पुरस्कृत गरिएको उनले बताए। उनले भने,‘पहिलो लटमा हामीले जिल्लाका ३ जना किसानलाई पुरस्कृत गरेका छौँ। त्यसपछि क्रमशः नौवटै जिल्लामा पुगेर त्यहाँका उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको छ। प्रत्येक जिल्लाबाट ३ , ३ जना गरी २७ जनालाई पुरस्कृत गरिने बताइएको छ।