सिमा बैठकले उत्पन्न गराएको गतिरोध

२ बर्ष अघि

२0७८ मंसिर २७ सोमबार

सिमा बैठकले उत्पन्न गराएको गतिरोध

नेपालको र भारत सगकोे सम्बन्ध परापुर्ब काल देखी एक एतिहासिक र महत्वपूर्ण रुपमा रहदै आएको छ । सदियौंदेखि कला,सस्कृती,रिति रिवाज,धर्म र समाजकाहरेक पक्षसँग बिबिधता र समानता छ । एक अर्अका सँगको खुल्ला सिमानाका कारण हामीले नेपाल र भारत बिचको मित्रतामा दुबै पक्षबिच सहकार्य गर्दै आइरहेका छौ । जहानिया राणा शासनको पालामा होस या निरंकुश पंचायती व्यवस्थाको विरुद्धमा गरिएका संघर्ष र आन्दोलनमा भारत सरकार र भारतिय जनताबाट नेपाल र नेपालीलाइ साथ र सहयोग निरन्तर भइरहेको छ ।

२०४६ सालको जन आन्दोलनबाट बहुदलीय ब्यवस्थाको प्राप्ती पछी भने नेपालमा रहेका केही राजनीतिक दल र सङ संगठनले भारतसंगको वर्सषौं पुरानो सम्बन्धमा दरार उत्पन्न गराउने प्रयास गरिरहेको अवस्था सिर्जना भएको छ ।सस्तो लोकप्रियता र महत्वाकांक्षीले केही राजनीतिक दलका तल्लो कमिटीका महत्वाकांक्षी नेताहरुले आफ्नो अनुकुलको गतिविधि गरेर नेपाल र भारतबिचको सम्बन्धलाइ बिगार्न नकारात्मक प्रचारबाजिहरु गर्दै आइरहेका छ्न ।

बिना प्रमाण र बिना आधार आरोप र प्रत्यारोप गरेर स्थानियस्तरमा लोकप्रियता कमाउन तल्लिन यस्ता कार्यकर्ताले नेपाल र भारत बिचको सम्बन्ध साथै सास्कृतिक मुल्य र मान्यतालाई समेत धरापमा पार्न खोजिरहेका छ्न ।  भारतीय सिमा सुरक्षा बल एसएसबिले निर्माण कार्यमा आवरोध गरेको भनी नभएको विषयमा आरोप लगाउदै सिमा क्षेत्रमा बस्ने नेपाली जनतामा भारत बिरोधि भवाना बढाउने काम गरिरहेका छन् ।


सिमा सम्बन्धि विषय सरकार र देशको नापी बिभागले निक्र्यौल गरि छुट्टाउने कुरा हो । साथै सम्बन्धित जिल्ला प्रसासन कार्यलय माफर्त यस्तो विषयमा ध्यानाकर्षण गराउनुपर्नेछ । यस्तो संबेदनशील विषयमा उत्तेजक कुरा गरि सिमा क्षेत्रमा बैठक आयोजना गरिएको थियो ।