लेकममा योजनाहरुको सम्झौता हुँदै

२ बर्ष अघि

२0७८ मंसिर २७ सोमबार

लेकममा योजनाहरुको सम्झौता हुँदै

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा योजना तथा कार्यक्रमहरुको सम्झौता कार्य सुरु भएको छ । योजना कार्यान्वयनका लागि उपभोक्ता समितिहरुसंग आइतबारदेखि सम्झौता गर्न थालिएको गाउँपालिका अध्यक्ष परमानन्द जोशीले बताउनुभयो ।

चालु आर्थिक बर्षमा कार्यान्वयन हुने योजनाका उपभोक्ता समितिहरुले आवश्यक प्रकृया पुर्याएर लेकम गाउँपालिकाको कार्यालयमा पुगि सम्झौता गर्न उहाँले अनुरोध गर्नुभएको छ । वडा कार्यालयसंग समन्वय गरेर सबै प्रकृया पुर्याएर मात्रै सम्झौताका लागि आउन गाउँपालिकाले आग्रह गरेको छ ।


लेकम गाउँपालिकाको कार्यालय रातामाटाबाट नियमित कार्यसम्पादन सुरु भइसकेको बताइएको छ । सम्झौताको लागि योजना पुस्तीका भरेर गाउँपालिकाको कार्यालय रातामाटा पुग्नुपर्नेछ ।

भुक्तानी प्रकृया भने केही दिनपछि मात्रै सुरु हुने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विदामा भएकोले भुक्तानी प्रकृयामा ढिलाइ भएको छ । प्रमुख प्रशासकिय अधिकृत एक दुई दिनमा गाउँपालिकामा आइपुग्ने जानकारी गाउँपालिकाले दिएको छ ।

समयमै योजना निर्माणको काम सम्पन्न गर्नका लागि सम्झौता गरेर निमार्ण कार्य अगाडी बढाउन उपभोक्ता समितिहरुलाई अनुरोध गरिएको छ । अधिकासं उपभोक्ता समितिको सम्झौता कार्य बाँकी भएकोले समयमै सम्झौता गरिसक्न अनुरोध गरिएको गाउँपालिकाका इन्जिनियर महेश पालले बताउनुभयो ।