लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न प्रहरीले सकृयता बढाउदैे

२ बर्ष अघि

२0७८ मंसिर २४ शुक्रबार

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न प्रहरीले सकृयता बढाउदैे

दार्चुला ।  घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ” भन्ने राष्ट्रिय नाराका साथ लैगिक हिंसाविरुद्धको अभियान सम्पन्न भएको छ ।  लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार जिल्ला सदमुकाम दार्चुलामा जिल्ला प्रहरी कार्यालय दार्चुलाको आयोजनामा सम्पन्न भएको हो ।

दार्चुला जिल्लाको  सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीको अध्यक्षतामा विहान ११ बजे प्रभात फेरि कार्यक्रमको आयोजना गरि लैङ्गिक हिंसा बिरुद्धको १६ अभियान सम्पन्न गरेका छन । कार्याक्रममा   जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टको कमाण्डमा ३० जनाको टोली,र  सशस्त्र प्रहरी बल नं. ४४ गण हेडक्वाटर दार्चुलाका प्रहरी नायव उपरिक्षकको कमाण्डमा २० जनाको टोली, नेपाली सेनाको १० जनाको टोली, महाकाली नगरपालिकाका निमित्त कार्यकारी अधिकृत नर सिंह बडाल लगायत जिल्ला स्थित सरकारी तथा गैह्र संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, छान्ना तिंकरी कन्या मा विमा अध्यनरत छात्राहरु, महिला सञ्जालका पदाधिकारीहरुको सहभागितामा कार्यक्रम सपन्न गरिएको छ ।

लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता व्यक्ती, समाज र सबैको ऐक्यबद्धता”, कसैले पनि लिङगको आधारमा कसैमाथी घर समाज तथा कार्य स्थलमा शारिरीक मानसिक आर्थिक तथा यौनजन्य हिंसा नगरौ, लैङ्गिक हिंसा अन्त्यका लागि सबै जुटौँ भन्ने मुल नाराका साँथ दार्चुला जिल्लामा पनि लैङ्गिक हिंसा बिरुद्धको १६ अभियान सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक पुष्कर ऐरीले जानकरी दिनु भयो ।

‘घरैबाट शुरु गरौ, महिला हिंसा अन्त्य गरौ’ भन्ने नाराका साथ मङ्सिर ९ गतेदेखी २४ गतेसम्म मनाइरहेको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ हिसां र दुर्घटना नियन्त्रणका विषयमा केन्द्रीत रहेर सवारीधनी र चालकहरुसंग अन्तरक्रिया गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।