मेलौली नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने

६ बर्ष अघि

२0७५ भाद्र ७ बिहीबार

मेलौली नगरपालिकाले एकल पुरुषलाई पनि भत्ता दिने

दृष्टिकाेण समाचार  भदौ ७  ।बैतडी – बैतडीमा मेलौली नगरपालिकाले विधुर (एकल पुरुष) लाई पनि मासिक भत्ता दिने भएको छ ।सामाजिक सुरक्षा भत्ताअन्तर्गत मेलौली नगरपालिकाले ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले भत्ता दिने निर्णय गरेको हो । नगरपालिकाभित्र केही त्यस्ता असहाय पुरुषहरु पनि रहेकोले उनीहरुलाई बाच्न सहज होस् भनेर आफूहरुले भत्ता दिने निर्णय गरेको उप–मेयर राधा ओझाले बताउनुभयो । उनीहरुको मासिक भत्ताका लागि नगरपालिकाबाट अहिले १५ लाख रुपैयाँ छुट्याइएको नगर प्रमुख कृष्णसिंह नायकले जानकारी दिनुभयो । अहिले नगरका ९ वटै वडाका विधुरहरुको तथ्यांक संकलनको काम सुरु गरिएको उहाँले बताउनुभयो । यसमा १५ लाख बजेट छुट्याइएको बताउदै उहाँले समाजिक सुरक्षा भत्ता वितरणकै क्रममा एकल पुरुषहरुको तोकेर दिइने बताउनुभयो ।एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो बनेको छ । यसअघि नगरपालिकाले एचआईभी संक्रमित, हेमटाइटिस, क्यान्सर जस्ता रोगका बिरामीको प्रकृति हेरेर उपचार खर्चसमेत वितरण गरेको थियो ।