गैर सरकारी संस्था महासंघ नेपाल दार्चुलाको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा भट्ट चयन

२ बर्ष अघि

२0७८ मंसिर २२ बुधबार

गैर सरकारी संस्था महासंघ नेपाल दार्चुलाको चौथो अधिवेशन सम्पन्न अध्यक्षमा भट्ट चयन

दार्चुला । दार्चुला गैरसरकारी संस्था महासंघ नेपाल दार्चुलाको चौथो अधिवेशन सम्पन्न भएको छ । बुधबार जिल्ला सदमुकाम खलंगामा भएको गैर सरकारी संस्था महासंघ नेपालको अधिवेशनमा विष्णु दत्त भट्टलाई पुन अध्यक्षमा दोहोर्याएको हो । गैर सरकारी संस्था महासंघ सुदुरपश्चिम प्रदेशका प्रतिनिधि जगदिश अवस्थीको प्रमुख आतित्यतामा अधिवेशन सम्पन्न भएको हो । समितिको उपाध्यक्षमा विस्ना धामी सचिवमा हिरासिह धामी,सहसचिवमा शुक्लावती बुढाथोकी कोषध्यक्षमा तारकेशरी कुवर चयन भएका छन् । यसैगरी सदस्यहरुमा विशन बुढाथाकी लक्ष्मणसिह धामी निर्मला महरा नन्दा बम नारायण जोशी र नरहरी ठेकरे चयन भएका छन् । समितिले चौथौ अधिवेशन जिल्लाको नीति तथा कार्यक्रम लगायत आगामी दिनमा गर्नुपर्ने विषयका रुपमा छलफल गरिएको छ ।