दार्चुलामा क्षयरोग तथा कुष्ठरोग शिविर संञ्चालन हुने

२ बर्ष अघि

२0७८ मंसिर २२ बुधबार

दार्चुलामा क्षयरोग तथा कुष्ठरोग शिविर संञ्चालन हुने

दार्चुला । दार्चुला जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकामध्ये  एक नगरपालिका सहित ५ वटा गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकीमार्फत विहिबारदेखि क्षयरोग तथा कुष्ठरोग शिविर संञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना तथा स्थानीय तहको सहयोग र समन्वयमा शिविर संञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जयराज भट्टले जानकारी दिनुभयो । सरकारले कुष्ठरोग राष्ट्रिय रुपमै निवारण भइसकेको बताए पनि दार्चुलामा केही समस्याको रुपमा देखा परेको छ ।


शिविरमार्फत तालिम प्राप्त स्वास्थ्य स्वय्मसेविका घर–घरमा गई नयाँ कुष्ठरोग प्रभावित व्यक्तिको खोजी गर्ने जनप्रनिधिलाई कुष्ठरोगबारे जानकारी दिने उदेश्यले पनि जिल्लाका ६ वटा स्थानीय तहमा शिविर संञ्चालन गर्न लागिएको उहाँले बताउनु भयो । यस्तै जिल्लामा अहिले चिसो बढेसँगै क्षयरोगीको सङ्ख्या बढ्न सक्ने भएकाले पनि उनीहरुलाई समयमा उपचार नगराउने, खानपानमा ध्यान दिने  जिल्लाका ग्रामीण क्षेत्रमा चेतनाको कमी हुने र पूरा समय औषधि सेवन नगर्नाले मृत्य दर र रोगीको सङ्ख्यामा वृद्धि हुने देखिएपछि क्षयरोग तथा कुष्ठरोग शिविर संञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । शिविरमा छाला सम्बन्धि समस्या भएका विरामीहरुलाई समेत चेकजाच गरिने बताइएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाको व्यासँ गाउँपालिकाको सुन्सेरामा भोली पहिलो दिन शिविर संञ्चालन गरिने जनाएको छ भने २४ गते दुहुँ गाउँपालिकाको हिकिला स्वास्थ्य चौकीमा शिविर संञ्चालन हुने छ । 

 

यस्तै महाकाली नगरपालिकामा मंसिर २६ धाप स्वास्थ्य चौकी पौष १ गते खार स्वास्थ्य चौकी नौगाड गाउँपालिका पौष २ गते लेकम गाउँपालिकाको रिठाचौपता स्वास्थ्य चौकी तथा पौष ३ गते मालिकार्जुन गाउँपालिकाको डाडाकोट स्वास्थ्य चौकीमा शिविर संञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । बाकी रहेका १ नगरपालिका सहित २ वटा गाउँपालिकामा दोस्रो चरणमा शिविर संञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । हाल सम्म जिल्लामा ३६ जनामा क्षयरोग देखा परेको छ भने २ जनामा कुष्ठरोग देखा परेको छ ।