एट्लेटिको मड्रिड अन्तिम १६ मा

२ बर्ष अघि

२0७८ मंसिर २२ बुधबार

एट्लेटिको मड्रिड अन्तिम १६ मा

काठमाडौँ । स्पेनिस क्लब एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ मा पुगेको छ। पोर्चुगिज क्लब एफसी पोर्टोलाई ३(१ गोल अन्तरले हराउँदै एट्लेटिको नकआउट चरणमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा ६७ औं मिनेटमा यान्निक कारास्कोले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडिमा समेटिएको थियो ।

त्यस्तै ७० औं मिनेटमा वेन्डेले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको पोर्टो भने ७५ औं मिनेटमा मार्चेसिनले रातो कार्ड पाएपछि ९ खेलाडीमा सिमित भयो। एट्लेटिकोको जितमा एन्टोनी ग्रीजम्यान, एन्जल कोर्रेया र पाउलले एक – एक गोल गरे । खेलको इन्जुरी समयको छैटौं मिनेटमा पोर्टोका ओलिभिएराले एक गोल फर्काएका थिए । यस जितसँगै एट्लेटिको समूह बी को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । एट्लेटिकोले ६ खेलमा ७ अंक जोड्यो । पोर्टो ५ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।