अब विकास तीव्र वेगले हुन्छ : प्रधानमन्त्री ओली

६ बर्ष अघि

२0७५ भाद्र ७ बिहीबार

अब विकास तीव्र वेगले हुन्छ : प्रधानमन्त्री ओली

दृष्टीकाेणा समाचार दार्चुला  भदौ ७  प्रधानमन्त्री केपी शर्मा ओलीले सुदृढ र स्थीर सरकार बनेकाले यसलाई सदुपयोग गर्दै आफूले देश विकास गर्ने बताएका छन् ।बुधबार गृहजिल्ला झापास्थित आफ्नै निर्वाचन क्षेत्रमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन, शान्ति सुव्यवस्था, स्वच्छता, पारदर्शीता र भ्रष्टाचार नियन्त्रण गर्दै जनतालाई सहज ढंगले सेवा–सुविधा उपलब्ध गराउने बाटोमा अघि बढेको बताए ।उनले मुलुकमा अब विकास पहिलेझैं सुस्त गतिमा नभएर तीव्र वेगले हुने दाबीसमेत गरे ।देशमा विकास गर्ने उत्तरदायित्व र जिम्मेवारी आफू नेतृत्वको सरकारमा रहेको उनको भनाइ थियो ।