बैतडीमा जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या पाँच पुग्यो

२ बर्ष अघि

२0७८ मंसिर २0 सोमबार

बैतडीमा जिप दुर्घटना अपडेटः मृतकको सङ्ख्या पाँच पुग्यो

बैतडी । बैतडीमा जिप दुर्घटनामा परी मृत्यु हुनेको सङख्या पाँच पुगेको छ । सोमबार साझ भएको जिप दुर्घटनामा परी गम्भीर घाईते भएकी पाटन १  की  ४० बर्षिय जानकी भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ । घाईते अन्य दुई जनालाई पाटन प्राथमिक स्वास्थ्य केन्द्र उपचार सम्भब नभएपछि थप उपचारका लागी डडेल्धुरा रिफर गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । मानध्वज भट्टाराई र ओमप्रकाश भट्टराईलाई डडेल्धुरा रिफर गरिएको हो ।

दुर्घटनामा परेर पाटन ७ कैलपाल माइत भएकी २० बर्षीया मनिषा विक र सुर्नया ४ घर भएका उनका श्रीमान २४ बर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ बर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ बर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए । मृतक नवबिवाहित जोडी घरबाट माइती फर्कदै गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर घाइते  ३८ वर्षीय बिष्णु भट्टराई, , १० वर्षका दिपक भट्टराई,  र ४० वर्षीय गोबिन्दी बिकको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ ।  सोमबार साझ पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप पाटन नगरपालिका १ सकार थाल खोलामा दुर्घटनामा परेको  थियो  ।