दार्चुलाका सबै पालिकामा माओबादीको सम्मेलन सम्पन्न

२ बर्ष अघि

२0७८ मंसिर १९ आईतवार

दार्चुलाका सबै पालिकामा माओबादीको सम्मेलन सम्पन्न

दार्चुला । दार्चुलाका नौँ वटै स्थानीय तहमा नेकपा माओबादी केन्द्रको प्रथम पालिका सम्मेलन सम्पन्न भएको छ । केन्द्रीय महाधिवेशनको संघारमा रहेको माओवादी केन्द्रले आइतबार दार्चुलाको लेकममा नयाँ नेतृत्व चयन गरेसँगै ९ वटै स्थानीय तहमा नेतृत्व चयन गरेको हो । नेकपा माओवादीले यो वर्ष संगठित सदस्यता बढाउने रणनीति अवलम्ब गर्दै संगठन विस्तारमा जोड दिएको थियो । सोही अनुसार ९ वटै स्थानीय तहमा नेतृत्व अघि बढाएको हो ।

 
दार्चुलाको महाकाली नगरपालिकामा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक समेत रहनुभएका गणेशसिह खत्री नगर अध्यक्षमा चुनिनुभएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकीकरण हुँदा समेत खत्री जिल्ला संयोजक हुनुहुन्थ्यो । यस्तै शैल्यशिखर नगरपालिका अध्यक्षमा कर्ण भण्डारी चयन भएका छन् । यस्तै व्याँस गाउँपालिकामा विपिन कुवर, दुहुँ गाउँपालिकामा मनोरथ भट्ट, मालिकार्जुन गाउँपालिकामा कल्यानसिह धामी, नौगाड गाउँपालिकामा दलजीतसिह धामी, मार्मा गाउँपालिकामा नरबहादुर विष्ट, अपिहिमाल गाउँपालिकामा कलकसिह बोहरा र लेकम गाउँपालिकामा उमाकान्त विष्ट अध्यक्षमा चयन भएका छन् । 


जिल्ला संयोजक तोकिएपछि नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समिति गठन हुनेछ । समन्वय समितिमा ९ वटै स्थानीय तहका अध्यक्षहरु सदस्य सचिवको भूमिकामा हुनेछन् । माओवादी केन्द्रको प्रदेश सम्मेलन मंसिर २५ गते धनगढीमा हुँदैछ ।