दार्चुला जिल्लाको बालविवाह न्युनिकरणमा गैरसरकारी संघ संस्थाहरु सकृय बन्दै

२ बर्ष अघि

२0७८ मंसिर १८ शनिबार

दार्चुला जिल्लाको बालविवाह न्युनिकरणमा गैरसरकारी संघ संस्थाहरु सकृय बन्दै

दार्चुला । दार्चुलामा बालविवाह न्यूनीकरणको गर्नु ठिक कि बेठिक भन्दै मतदान गरि जनमत संकलन गरिएको छ । पछिल्लो समय दार्चुला जिल्लाको मालिकार्जुन गाँउपालिकामा बालबिवाहका घटनाहरु बढि रहेकाले गुड नेवर्स इन्टरनेशनल नेपालको सहकार्यमा गाँउपालिका भरिका ४ वटा विद्यालयमा जनमत संकलन गरिएको हो । 
उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरु मतदानमा सहभागि भएका छन् । मालिकार्जुन गाउँपालिकालाई २०८० सालभित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्य अनुरुप अहिले बालविवाह न्यूनीकरण सम्बन्धी सचेतना प्रदान गर्न मतदान गरिएका गुड नेवर्स इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक नरायण प्रसाद चौधरीले जानकारी दिनु भयो । 


सानै उमेरमा विवाह गर्नु राम्रो कि नराम्रो विषयमा मतदान गरिएको हो । गुड नेवर्स् इन्टरनेशल नेपालको आर्थिक सहयोग, मालिकार्जुन गाउँपालिकाको समन्वय र सामुदायिक ग्रामीण विकास समाज नेपालको आयोजनामा बालविवाह न्यूनीकरणको लागि मतदान भएको हो । दार्चुला जिल्लाको मालिकार्जुृन गाँउपालिका क्षेत्रमा बालविबाह बढि हुनु गरिवि र जनचेतनाको कमीका कारण भएकाले सबै क्षेत्रका नागरिकले सहयोग गर्नु आवश्यक रहेको बालबालिकाहरुको भनाई छ । 
बालविवाह क मगर्नमा अभिभावकको भुमिका पनि हुने भएकाले हरेक घरका नागरिकहरुले सचेत हनु आवश्यक रहेको छ । बिहे गरेर पठाउदा बालविबाह भन्दै रोक्ने हुन भनि भागाएर भएपनि अभिभावकले स्वुकार गर्ने गरेको स्थानीयको भनाई छ 


मालिकार्जुन गाउँपालिकाले २०७६ सालमा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति तयार गरे लागू गरिसेकाले अवका एक महिना पनि बालविवाह मुक्त क्षेत्र घोषणा हुने भएकाले आर्थिक अवस्थाबाट पछि परेका बालबालिकाहरुलाई सहयोग गर्न गाँउपालिका तयार रहेकाले अवका दिनमा बालविवाह नगरिदिन सबै अभिभावकलाई मालिकार्जुन गाँउपालिका वडानं. ८ का अध्यक्ष पदम राज पन्तले आग्रह गरेका छन ।  एक अध्ययन अनुसार मालिकार्जुन गाउँपालिकामा १४ वर्षदेखि १५ वर्षको उमेर समूहमा बालविवाह गर्ने ७ दशमलव १४ प्रतिशत, १६ देखि १७ वर्षको उमेर समूहमा विवाह गर्ने २७ दशमलव ७८ प्रतिशत, १८ देखि १९ वर्षको उमेरमा विवाह गर्ने ६४ दशमलव २९ प्रतिशत रहेको छ । बालविवाहमा परेको मध्ये ५८ दशमलव ७८ प्रतिशत मागि विवाह, १५ दशमलव ९ प्रतिशत भागि विवाह र २५ दशमलव ४ प्रतिशत प्रेम विवाह रहेको तथ्यांकमा उल्लेख गरिएको छ