महेन्द्रनगरमा प्रहरीले चलाएकाे गाेली लागेर ३ जना घार्इते

६ बर्ष अघि

२0७५ भाद्र ७ बिहीबार

महेन्द्रनगरमा  प्रहरीले चलाएकाे गाेली लागेर ३ जना घार्इते

महेन्द्रनगर दृष्टिकाेण समाचार  भदौ ७  ।  निर्मला पन्तको बलात्कार पछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै  आन्दोलनमा उत्रैका प्रदर्सन कारी माथि कञ्चनपुरमा प्रहरीले गोली चलाएको छ ।

आन्दोलनकारीहरु जिल्ला प्रशासन कार्यालय जाने बाटोतर्फ अगाडि बढेपछि प्रहरीले गोली चलाएको स्थानीय हरूले अाराेप लगाएका छन । प्रहरीले निर्मलाको बलात्कारमा संलग्न रहेको अभियोगमा स्थानीय दिलीप बिस्टलाई सार्वजनिक गरेपछि शुरु भएको आन्दोलन उग्र बन्दै गएको छ । प्रहरीले चलाएको गोली आन्दोलनकारीको खुट्टामा लागेको छ ।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञान सेठीले आन्दोलनकारी जिल्ला प्रशासन कार्यालयतर्फ जान खोजेपछि अश्रु ग्यास मात्रै प्रहार गरिएको बताएका छन । बिहिबार बिहानैबाट सुरू भएकाे अान्दाेदन कारीमाथि गाेली चलाउदा ३ जना स्थानीय घार्इते भएका छन । बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्या आरोपमा आरोपी सार्वजनिक गरेपछि महेन्द्रनगर बजारमा सुरु भएको आन्दोलन जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको छ।

महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रीत रहेको आन्दोलन बिहीबार बिहानैदेखि जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको हो। प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन सुरु गरेका छन्।

ठाउँ ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शनकारीहरुले प्रदर्शन गरिरहेका छन्। वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने , कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेर बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको हो।

अान्दाेलनमा घार्ते भएकाे ३ जनाकाे अहिले अञ्चलन अस्पताल महेन्द्रनगरमा उपचार भर्इरहेकाे छ ।