नेपाली कांग्रेश दार्चुलाको सातौँ अधिवेशन मन्त्री बडूद्धारा उद्घाटन

२ बर्ष अघि

२0७८ मंसिर ७ मंगलवार

नेपाली कांग्रेश दार्चुलाको सातौँ अधिवेशन मन्त्री बडूद्धारा उद्घाटन

दार्चुला । नेपाली कांग्रेस दार्चुलाको सातौँ जिल्ला अधिवेशन खलंगास्थित खुलामञ्चमा उद्घाटन भएको छ । नेपाली कांग्रेशका केन्द्रिय सदस्य एबं कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले अधिवेसन उद्धाटन गर्नुभएको हो । खलंगामा उद्घाटन सत्र सम्पन्न भइसकेको र कार्यसमिति र महाधिवेसन प्रतिनिधि चयनका लागि भावना हलमा बन्द सत्र सुरु गर्ने तयारी भइरहेको कांग्रेश दार्चुलाका सचिव हरक बिष्टले जानकारी दिनुभयो ।

कांग्रेश दार्चुलाका सभापति ललितसिह बोहराको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा मन्त्री बडूको प्रमुख आतिथ्यता रहेको छ । जनप्रतिनिधि, कांग्रेशका नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा अधिकासं वक्ताहरुले कम्युनिष्ट पार्टीहरुप्रति आरोप प्रत्यारोप लगाउदै कांग्रेशको पक्षमा अपिल गरेका छन । यसअघि कांग्रेशले जिल्लाका ६१ वटै वडा, ९ वटै पालिका र २ वटै क्षेत्रीय अधिवेशन सम्पन्न गरी सकेको छ । उद्घाटन सत्र छोट्याएर नेतृत्व चयनमा केन्द्रित हुने नेताहरुले बताएका छन । नेताहरुले सहमतिमै नेतृत्व चयन गर्नुपर्ने बताइरहदा तल्ला कमिटीहरुमा समेत निर्वाचन भइसकेको र जिल्ला पदाधिकारीमा आकाक्षिं नेताहरु बढी भएकोले सहमतिको सम्भावना न्यून देखिन्छ । मन्त्री दिलेन्द्रप्रसाद बडूले सहमतिमै नेतृत्व चयनका लागि नेताहरुलाई निर्देशन दिनुका साथै आफुले प्रयास गरेपनि कतिपय वडा, पालिका र दुबै प्रदेशसभा क्षेत्रमा निर्वाचन भएको बताइएको छ ।


जिल्ला सभापति पदका लागी वर्तमान सभापति ललित सिंह बोहरा र उपसभापति अमरसिह धामी प्रमुख दाबेदार देखिएका छन् । अन्य पदाधिकारीहरुमा समेत दुई दर्जनबढी नेताहरु आकाक्षिं देखिएका छन । उम्मेदवारी मनोनयनको समय बाँकी भएपनि धेरैजसो नेताहरुले सामाजिक सञ्जाल र आन्तरिक टिममा प्रचारप्रसार तिब्र पारेका छन् । कांग्रेशको जिल्ला अधिवेशनबाट जिल्लामा सभापति १ जना, उपसभापति २ जना, सचिव २ जना र सहसचिव २ जना निर्वाचित हुने व्यवस्था छ ।

नेपाली कांग्रेसको केन्द्रिय महाधिवेसन यहि मंसिर २४, २५ र २६ गते काठमाण्डौंमा गर्ने तयारी रहेकोमा नेताहरु जिल्लामा समेत आफु अनुकुलका प्रतिनिधि छनोट गर्न लबिङमा लागेको बताइन्छ । कांग्रेशमा प्रमुख रुपमा देखिएका देउवा र पौडेल गुटमध्ये दार्चुलामा दुबै गुट नजिकका नेताहरु आफुअनुकुल प्रतिनिधि छनोटको कसरतमा लागेका छन् । प्रदेशसभा अधिवेसन अन्तरगत आइतबार सम्पन्न निर्वाचनबाट क क्षेत्रमा मन्दिरसिह धामी र ख० क्षेत्रमा केशवबहादुर सिंह सभापती चयन भएका छन् ।