कांग्रेश दार्चुलाको अधिवेसन सम्पन्न क्षेत्र १ मा धामी र २ मा सिंह सभापती चयन

२ बर्ष अघि

२0७८ मंसिर ६ सोमबार

कांग्रेश दार्चुलाको अधिवेसन सम्पन्न क्षेत्र १ मा धामी र २ मा सिंह सभापती चयन

दार्चुला । नेपाली कांग्रेश दार्चुलाको प्रदेशसभा क्षेत्रको प्रथम क्षेत्रीय अधिवेसन सम्पन्न भएको छ । शनिबार उद्घाटन भएको क्षेत्रीय अधिवेसन अन्तरगत आइतबार निर्वाचनमार्फत नेतृत्व चयन गरिएको निर्वाचन समितिले जनाएको छ । क्षेत्रीय अधिवेसन अन्तरगत १ क्षेत्रमा मन्दिरसिह धामी र २ क्षेत्रमा केशवबहादुर सिंह सभापती चयन भएका छन् ।

नेपाली कांग्रेस दार्चुलाको प्रदेशसभा क्षेत्र १ को सभापतिमा मन्दिर सिंह धामी २५६ मत प्राप्त गर्दै ४४ मत अन्तरले विजयी हुनु भएको छ । सभापतिका अर्का उम्मेदवार गणेश सिंह धामीले २१२ मत प्राप्त गर्नु भएको छ । विजयी भएका सभापति मन्दिर सिंह धामी मालिकार्जुन गाउँपालिकाका हुन, पराजित गणेश सिंह धामी महाकाली नगरपालिकाका हुन । यस्तै प्रदेशसभा क्षेत्र १ को सचिवमा महाकाली नगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष पुष्करराज जोशी र नेबि संघ दार्चुलाका सचिव समेत रहनुभएका हरिदत्त जोशी विजयी हुनु भएको छ । सचिवमा पुष्करराज जोशीले सबैभन्दा बढी ३७२ मत प्राप्त गर्नु भयो । भने हरिदत्त जोशीले ३०९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सचिव पदमा उम्मेदवारी दिएका जय सिंह बोहराले १८१ मत मात्रै प्राप्त गर्नुभयो । सहसचिव पदमा ५ जनाले उम्मेदवारी दिएको मा कमल सिह धामी र बिरुराम लोहार विजयी हुनु भएको छ ।


प्रदेशसभा क्षेत्र १ बाट प्रदेश प्रतिनिधिमा १३ जनाले उम्मेदवारी दिएकोमा जयदेव जोशी, लोकेन्द्र बहादुर बम, ललित दत्त भट्ट, प्रेम सिह महरा, निरज बहादुर बम, जित बहादुर बम र माधव प्रसाद जोशी विजयी हुनु भएको छ । प्रदेशसभा क्षेत्र १ को उपसभापतिमा गोपाल सिंह कार्की र बिरादत्त भट्ट निर्विरोध चयन हुनुभएको थियो ।

यसैबिच प्रदेशसभा क्षेत्र २ को सभापतिमा मार्मा गाउँपालिका वडा नम्बर २ घर भएका केशव बहादुर सिह २३९ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । सभापति पदमा उम्मेदवारी दिएका जगत सिंह ठगुन्नाले १४७ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । क्षेत्र २ को सचिवमा २७७ मत प्राप्त गर्दै जगदिश बिष्ट र उदयसिंह ठगुन्ना २३७ गतसहित विजयी हुनुभएको छ । प्रदेश प्रतिनिधिमा अशोक बहादुर सिंह सम्राट, अशोक सिंह साउद, एकेन्द्र बहादुर पाल, राम दत्त जोशी, दिलिप महता, देवेन्द्र सिंह रोकाय र एनपि जोशी ९लाइट० विजयी हुनु भएको छ । प्रदेश क्षेत्र ९ख० को उपसभापतीमा लक्ष्मण डागा र डम्बर कार्की, अपांगमा केशव जोशी, सहसचिवमा गणेशदत्त जोशी र मोहनदेब खडायत निर्विरोध निर्वाचित भएका थिए । यस्तै महिला प्रतिनिधि समेत निर्विरोध चयन भएको बताइएको छ ।

कांग्रेस दार्चुलाको क्षेत्रीय अधिवेशन सम्पन्न भए संगै महाधिवेशन प्रतिनिधि र जिल्ला अधिवेशनको सरगर्मी बढेको छ । जिल्ला अधिवेशनको मंसिर ७ गते कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले जिल्ला सदरमुकाम खलंगामा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अधिवेसनका लागि मन्त्री बडू गृहजिल्ला आइपुग्नुभएको छ । जिल्ला सभापतिका लागि अहिलेसम्म वर्तमान सभापति ललितसिह बोहरा र उपसभापती अमरसिह धामीले दाबी गरेका छन् । अन्य पदहरुमा समेत दर्जनबढी नेताहरुले दाबी गरिरहेका छन् ।