दार्चुला उद्योग बाणिज्य संघको नयाँ अध्यक्षमा थापाको प्यानल घोषणा

२ बर्ष अघि

२0७८ मंसिर ४ शनिबार

दार्चुला उद्योग बाणिज्य संघको नयाँ अध्यक्षमा थापाको प्यानल घोषणा

दार्चुला । यहि मंसिर १० देखि १२ गतेसम्म हुने दार्चुला उद्योग वाणिज्य संघको ८ औँ अधिवेशनका लागि सुरेशसिह थापाले प्यानल घोषणा गरेका छन् । शनिवार जिल्ला सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गरि उनले आफ्नो प्यानल घोषणा गरेका हुन् ।व्यवसायीहरुको पक्षमा वकालत र सबल, सक्षम नेतृत्वका लागि आफूले प्यानल घोषणा गरेको उनले बताएका छन् ।

अध्यक्षमा आफ्नो नाम उल्लेख गर्दै बरिष्ठ उपाध्यक्षमा बिसनसिह बोहरा, उद्योग उपाध्यक्षमा केशव बहादुर पाल, वाणिज्य तर्फको उपाध्यक्षमा हरक सिह बडाल, महासचिवमा सर्पराज बडू, सचिवमा दिलेन्द्र राज अवस्थी, कोषाध्यक्षमा कमल सिह धामी, सहकोषाध्यक्षमा भुपेन्द्र राज भट्टको प्यानलसहित घोषणा गरेका हुन । 
यस्तै सदस्यहरुमा प्रेमसिह डडाल, इन्द्रसिह ठगुन्ना, प्रेमसिह कार्की, कम्मानसिह ठगुन्ना, राजेश नेपाली, दिनेश निरौला, दलजित महता, भुवन सिह धामी र प्रकाश सामन्त रहेको उनले बताए । थापाले यसअघि पनि उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका छन् । आफूहरुको प्यानलमा सबै व्यवसायी संघहरुको प्रतिनिधित्व रहेकाले स्वच्छ, स्वतन्त्र प्यानल घोषणा गरिएको उनको दाबी छ ।

शनिबार दार्चुला विकास संगठनको सभाहलमा पत्रकारहरु संग संछिप्त कुरा गर्दै निजी क्षेत्रलाई बलियो र सशक्त बनाउनकालागि आफुले उमेद्वारी दिएको अध्यक्ष थापाले जानकारी दिनु भएको छ । उनले व्यवसायीक हितका एजेन्डा कार्यान्वयन गर्न आफनो उमेद्वारी भएको जनाएको पनि बताएका छन । दार्चुला उद्योग वाणिज्य संघको आगामी नेतृत्व सर्वसम्मत ल्याउने गरी पहल सुरु भएको छ । आगामी मङ्सिर १० र ११ गते सदरमुकाम खलंगा हुने उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्म ल्याउने गरी तयारी भइरहेको उद्योग वाणिज्य संघका अध्यक्ष मंगलसिह ठगुन्नाले बताउनुभयो ।