दार्चुलामा सर्वाधिक धनराशीको खुल्ला पुरुष भलिवल प्रतियोगिता शुरु

२ बर्ष अघि

२0७८ मंसिर ४ शनिबार

दार्चुलामा सर्वाधिक धनराशीको खुल्ला पुरुष भलिवल प्रतियोगिता शुरु

दार्चुला । दार्चुला जिल्लाकै सर्वाधिक धनराशी भएको खुल्ला पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिको आयोजना तथा ब्याँस गाउँपालिकाको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । जिल्लाकै सर्वाधिक धनराशी समेत भएको खुल्ला पुरुष भलिबल प्रतियोगितको उद्घाटन सुदुरपश्चिम प्रदेशसभा सदस्य गेल्बु सिंह बोहराले गर्नु भएको हो ।  प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशसभा सदस्य बोहराले समय–समयमा आयोजना गरिने खेलकुद प्रतियोगिताले लुकेर रहेका खेल प्रतिभाहरु बाहिर प्रष्फुटन हुने बताए । खेलले खेलाडीको स्वास्थ्यलाई मात्रै नभई राष्ट्रका लागी समेत योगदान पुग्ने बताए । साथै जिल्लामा एउटा राम्रो खेल मैदान समेत नभएको अवस्थामा सबैले आ–आफ्नो क्षेत्रबाट इन्डोर गेम संचालन गर्न कबडहल निर्माणका लागी पहल गर्नुपर्नेमा उनले जोड दिए । 


 प्रतियोगिता संचालनका लागी ब्याँस गाउँपालिकाले ५ लाख रुपैया सहयोग गरेको खेलकुद प्रतियोगिताका संरक्षक अमन बोहराले जानकारी दिए । प्रतियोगितामा १२ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद रु १ लाख ११ हजार १ सय ११ तथा शिल्ड मेडल हात पर्ने जनाइएको छ । यस्तै द्वितीय स्थान हासिल गर्ने टिमले रु ५५ हजार ५ सय ५५ शिल्ड मेडल प्राप्त गर्ने बताइएको छ । सबै खेलमा उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्डर, वेस्ट सटर, वेस्ट स्पाईकर, र अनुशासित टिमलाई ट्रफि प्रदान गरिने आयोजनकले जनाएको छ । उद्घाटन कार्यक्रम छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिका अध्यक्ष अविशेक बोहराको अध्यक्षता तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिह बोहराको प्रमुख आतिथ्यततामा भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख करबिर बहादुर कार्की, दुहुँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्की, ब्याँस गाउँपालिका अध्यक्ष दिलिप सिह बुढाथोकी, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामी, लगायतको उपस्थिति रहेको थियो ।