जुस उत्पादनबाट १ लाख २० हजार अाम्दानी

६ बर्ष अघि

२0७५ भाद्र ७ बिहीबार

जुस उत्पादनबाट १ लाख २० हजार अाम्दानी

ललित सामन्त दृष्टिकोण समाचार दार्चुला 
गोविन्द सिह धामी पंन्चकोटी फलफुल प्रशोधन केन्द्र बाट बार्षिक १ लाख २० हजार आमदानी गरेका छन ।
 वि ः स २०५३ साल देखि घरेलु उधोगमा दर्ता गरि हाल सम्म पनि जुस मिठाई बनाएर गा्रहक हरुको मन जित्न सफल भएका धामीले प्रत्येक महिना २० हजार आमदानी गरि घरखर्च चलाउदै आएका छन। आफनो दाजु गाउँघर मै सानोतिनो काममा लागेका भए पनि उहाले भने  जुस उद्योगबाट कतिपयलाई रोजगारी समेत दिएको बताउछन् । पहिलो पटक काठमाण्डौको गुड नियन्त्रण विभाग बबरमहल बाट ७ दिनको तालिम लिएका धामीले अहिल मालिकार्जुन गाउँपालीका वार्ड नम्बर ८ शंङ्कपुरमा  पंन्चकोटी फलफुल प्रसोधन केन्द्र स्थापना गरि बसेका हुन ।  रोजगारी सानो ठुलो नभनि धामीले दार्चुला जिल्लाका विभिन्न गाँउपालिकामा पनि जुस उत्पादनका बारेमा तालिमहरु चलाउदै आएका छन ।    
 नेपालि सेनामा जागीर गर्न गएका धामीले सेनामा भर्ति भएको केहि महिना काम गरि पछि जागीर छोडेर आफ्नो घरखर्च  चलाउछु  भन्ने सोचका साँथ गोविन्द सिह धामीले जुस उत्पादन गरि मासिक २० हजार कर्माइ गर्न थालेका हुन । 
धामीले गरेपछि नेपालमा नै सुन फलाउन सक्ने र नगरेपछि खाडी मुलुकहरुमा पनि केही गर्न नसक्ने  भएकाले हरेक व्यातिले आफ्नै देशमा केही गरिहेर्न बिदेशिने युवाहरुर्लाइ आग्रह समेत गरेका छन ।