दार्चुलामा दम र निमोनियाका बिरामी बढे

२ बर्ष अघि

२0७८ मंसिर ३ शुक्रबार

दार्चुलामा दम र निमोनियाका बिरामी बढे

दार्चुला ।  जिल्ला अस्पताल दार्चुलामा चिसो बढेसँगै दम र निमोनियाका बिरामी पनि बढेका छन् । ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वास सम्बन्धी संक्रमण पनि बढी देखिएको चिकित्सकहरूले बताएका छन् । गर्मीयामको तुलानामा जाडोयाममा बिरामी केही घटे पनि स्वास्थ्य संस्थामा आएका अधिकांश बिरामीमा चिसोका कारण संक्रमण देखिएको चिकित्कसको भनाइ छ । 

डाक्टरहरूका अनुसार दम र निमायोनियाका कारण बिरामी भएका बिरामीहरू अन्य विरामी भन्दा बढी छ । जिल्ला अस्पताल दार्चुलाका डाक्टर नविन किशोर मल्लले एकसाता यता चिसोको कारण बिरामी हुनेको संख्या बढेको बताए ।‘अस्पतालमा आउने मध्ये ५० प्रतिशत बढी बिरामी चिसोका कारण विभिन्न संक्रमणबाट बिरामी भएर आउने गरेका छन उनले भने ।

उनका अनुसार बढीमात्रामा दम, निमोनिया र ज्वरोका विरामी आउने गरेका छन् । यस्तै, स्वाप्रश्वास, रुघाखोकी लगायतका विरामी आउने गरेको बताए । अस्पतालका प्रशासन प्रमुख आन सिह डागाका अनुसार अस्पतालमा अहिले दैनिक ७० देखि ८० जनासम्म विरामी आउने गरेको बताए । ‘यी मध्ये अधिकांश चिसोका कारणबाट हुने बिरामी आउने गरेको बताइएको छ । चिसोले बालबालिका र बृद्धबृद्धालाई बढीमात्रामा सताउने गरेको छ । चिसोको कारण बालबालिकाको अकालमै ज्यान समेत जाने गरेको छ ।

सहरबजारमा मात्रै नभएर ग्रामीण भेगमा पनि चिसोका कारण बिरामी हुनेको संख्या बढ्दो छ ।चिसोका कारण बृद्धबृद्धा र बालबालिकामात्रै नभएर बयस्कलाई पनि सताउने गरेको छ । ‘बृद्धबृद्धामा दम र बालबालिकामा रुघाखोकी साथै ज्वरोको समस्या छ । बयस्कमा जिउ दुख्ने समस्या बढी हुने बताइएको छ । मौसम परिवर्तनसंगै वातावरणको आद्रतामा फेलबदल हुने भएकाले जाडो समयमा चिसोबाट विभिन्न खालका संक्रमण देखा पर्ने चिकित्सकहरूले बताएका छन् ।