सर्वाधिक धनराशीको भलिवल प्रतियोगिता सञ्चालन हुने

२ बर्ष अघि

२0७८ मंसिर ३ शुक्रबार

सर्वाधिक धनराशीको भलिवल प्रतियोगिता सञ्चालन हुने

दार्चुला । दार्चुलामा जिल्लाकै सर्वाधिक धनराशीको पुरुष भलिवल प्रतियोगिता सञ्चालन हुने भएको छ । उदयमान खेलाडीको सहभागिता गराउने गरि छाङ्गरु खेलकुद तथा सांस्कृतिक समितिले अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर  भोली मङ्सिर ४ गतेबाट सदरमुकाम खुलामञ्चमा भलिवल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
खुला पुरुष भलिवल प्रतियोगितामा जिल्लाबाहिरका एक टिममा तीन जना खेलाडी सहभागिता गराउने प्रावधान राखिएको खेलकुद प्रतियोगिता संरक्षक अमन बोहराले बताउनुभयो । प्रतियोगिताको प्रथम पुरुस्कार १ लाख ११ हजार १११ रुपैयाँ शिल्ड मेडल राखिएको छ । यस्तै द्वितीय पुरुस्कार ५५ हजार ५५५ रुपैयाँ शिल्ड मेडल रहेको छ । सबै खेलमा उत्कृष्ट खेलाडी, वेष्ट डिफेन्डर, वेस्ट सेटर, वेस्ट स्पाईकर, र अनशासित टिमलाई ट्रफि प्रदान गरिनेछ ।