पछिल्लो समय दार्चुलामा घरेलु हिंसा बढ्दै

२ बर्ष अघि

२0७८ कार्तिक ३0 मंगलवार

पछिल्लो समय दार्चुलामा घरेलु हिंसा बढ्दै

छिल्लो समय दार्चुला जिल्लामा घरेलु हिंसा बढ्न थालेका छन । चालू आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्म जिल्ला प्रहरी कार्यालयल दार्चुलामा ३३ वटा घरेलु हिंसासम्बन्धी उजूरी परेको जिल्ला प्रहरी कार्यालय अन्तरर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।केन्द्रका अनुसार ती उजूरी परेकामध्ये ६ वटा मिलापत्र भइसकेको छ भने ४ वटा अदालती प्रक्रियामा गएको बताइएको छ । कार्यालयलका अनुसार आर्थिक वर्षको साउनमा मात्रै १० वटा उजुरी परेको जनाएको छ भने भाद्र महिनामा १३ वटा असोज महिनामा ३ वटा तथा कार्तिक महिनामा ७ वटागरी ३३ वटा उजुरीहरु परेको जनाएको छ । यस्तै आर्थिक वर्षको हाल सम्म लैङगिक हिंसाका १६ वटा उजुरी परेका छन । आर्थिक वर्षको साउनमा ४ वटा भाद्र महिनामा ८ वटा असोज महिनामा ४ वटा तथा कार्तिक महिनामा ३ वटा गरी १६ वटा उजुरीहरु लैङगिक हिंसाको परेको बताइएको छ । 

यस्तै जबरजस्ती करणी गरेका २ वटा बाल यौन दुव्र्यवहार १ वटा बालविबाह १ वटा बहुविबाहका ४ वटा झुण्डिएर आत्महत्या ३ वटा कर्तव्य ज्यानको १ वटा उजुरी जिल्ला प्रहरी कार्यालय दार्चुला सम्म पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र दार्चुलाका अनुसार आर्थिक वर्ष २०७५÷०७६मा ३९ वटा घेरेलु हिंसा सम्बन्धि उजुरी परेको जनाएको छ । यस्तै आर्थिक वर्ष २०७६ ÷०७७ मा ४५ आर्थिक वर्ष २०७७÷०७८मा ३९ वटा उजुरीहरु प्रहरीमा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रबतmा माधव विश्वकर्माले जानकारी दिनु भयो ।  जिल्लामा घरेलु हिंसा न्यूनीकरण गर्न विभिन्न सचेतना कार्यक्रम, नाटक, पोष्टर वितरण लगायतका क्रियाकलाप गर्दै आए तापनि घरेलु हिंसामा कमी आउन नसकेको प्रहरी सहायक निरीक्षक विश्वकर्माले  बताए ।