जीप दुर्घटना हुदाँ दुई जना सामान्य घाइते

२ बर्ष अघि

२0७८ कार्तिक २२ सोमबार

जीप दुर्घटना हुदाँ दुई जना सामान्य घाइते

दार्चुला । लेकम गाउँपालिकामा सोमबार जीप दुर्घटना हुदाँ दुई जना सामान्य घाइते भएका छन् । गोकुलेश्वरबाट रिठचौपातातर्फ गइरहेको से १ ज ५८३ नम्बरको जीप लेकम गाउँपालिका वडा नम्बर ६ उचाकोटको जुगेपानी भन्ने स्थानमा सोमबार बिहान पौने ११ बजेतिर जीप दुर्घटना हुदाँ दुई जना घाइते भएको इलाका प्रहरी कार्यालय रिठाचौपताले जनाएको छ । घाइते हुनेहरुमा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ का मने नाथ, कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका वडा नम्बर ८ का फुन्नी देवि नाथ सामान्य घाइते भएका छन् । घाइते दुबै जनाको अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य चौकी रिठाचौपतामा उपचार गरिएको छ । जीपमा चालक सहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ । सडकमा गाडी पल्टिदा दुर्घटना भएको हो । सडकमै गाडी पल्टिएकाले ठूलो क्षति हुनबाट जोगिएको छ ।
सोही क्षेत्र नजिकै गत वर्ष पनि जीप दुर्घटना भएको थियो ।