करेन्ट लागेर १ जनाको मृत्यु

२ बर्ष अघि

२0७८ कार्तिक २२ सोमबार

करेन्ट लागेर १ जनाको मृत्यु

दार्चुला । दार्चुला जिल्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ४ मर्मती बस्ने ३५ वर्षीया प्रेम महराको करेन्ट लागेर मृत्यु भएको हो । सोही गाउँपालिका २ लामबगरस्थित गणेश सिंह बिष्ट र शेरसिंह बिष्टको घरको दोस्रो तलामा ढलान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका मिस्त्री काम गर्ने उनको लटिनाथ स्वास्थ्य चौकी दार्चुलामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान गर्नेका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला तथा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएपी मनोहर प्रसाद भट्टले जानकारी दिनु भएको छ । घटनाको थप अनुसन्धान भइरहेको बताइएको छ ।