स्कुलको चरित्र हत्या गरेको भन्दै ज्ञापन  ( हेर्नुहाेस ज्ञापन पत्र सहित )

६ बर्ष अघि

२0७५ भाद्र ६ बुधबार

स्कुलको चरित्र हत्या गरेको भन्दै ज्ञापन  ( हेर्नुहाेस ज्ञापन पत्र सहित )

दृष्टीकाेणा समाचार दार्चुला 

दार्चुला जिल्ला सदरमुकाममा रहेको वसन्त भ्याली पब्लीक स्कुलको चरित्र हत्या गर्ने अनैतिक काम गरेको भन्दै ज्ञापन पत्र निकाली सचेत गराएका छन । 
विगत लामो समयबाट शैक्षिक क्षेत्रमा काम गरिरहेको वसन्त भ्यालि पब्लीक स्कुलको हित विपरित कार्य गर्दे आएको भन्दै खोजमुलक फेसबुक आईडिबाट विभिन्न लेखहरु लख्ने, धम्की दिने तथा संस्थालाई आँच पुग्ने खालका लेखहरु लेखि फेसबुकबाट पोष्ट गर्ने गरेको प्रति स्कुलको ध्यानाकर्षण भएको र अवका दिन योस्तो कार्य नगर्न भनि ज्ञापन पत्र निकालेका हुन । 
दार्चुला जिल्ला सदरमुकामा रहेको बसन्त भ्याली पब्लीक  स्कुलको विद्यालय व्यवस्थापन समितिको बैठक बसि समाजिक सञ्जालबाट संस्थाको हित बिपरित कामगर्ने व्यतिलाई सचेत गराउन प्रिन्सिपल खिमानन्द भट्टले जानकारी दिनु भयो ।