२३ हजार भन्दा बढिलाई भेरोसेल खोपको दोस्रो डोज लगायो

२ बर्ष अघि

२0७८ कार्तिक १९ शुक्रबार

२३ हजार भन्दा बढिलाई भेरोसेल खोपको दोस्रो डोज लगायो

दार्चुला ।  दार्चुला जिल्लाका दुई नगरपालिका तथा ६ वटा गाउँपालिकाका झण्डै २३ हजार भन्दा बढि व्यक्तिलाई भेरोसेल खोपको दोस्रो डोज लगाइएको छ । कार्तिक ११ गते बाट सुरु भएको खोप कार्यक्रम अन्तरगत हाल सम्म २३ हजार भन्दा बढि व्यक्तिलाई कोरोनाविरुद्धको भेरोसेल खोपका दोस्रो डोज लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

 स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लाको व्यासँ गाउँपालिकामा ८५५ जना दुहुँ गाउँपालिकामा २ हजार १सय ४४ जना महाकाली नगरपालिकामा ४हजार २सय ८३ जना तथा नौगाड गाउँपालिकामा ३ हजार २सय ८५ जानामा भेरोसेल खोपको दोस्रो डोज लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र राज भट्टले बताउनु भयो । 

यस्तै जिल्लाको अपि हिमाल गाउँपालिकामा १ हजार ५सय ५६ जना मार्मा गाउँपालिकामा ३ हजार ४सय ७४जना शैल्यशिखर नगरपालिकामा ४हजार ३ जना मालिकार्जुन गाउँपालिकामा ३ हजार ८सय ९९ जनागरी जिल्लाका ८ वटा स्थानीय तहका २३ हजार ४सय ९९ जनाले भेरोसेल खोपका दोस्रो डोज लगाइएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।गत असोज १० देखि १४ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई दोस्रो डोज लगाइएको बताइएको छ । लेकम गाउँपालिकामा हाल सम्म कतिजनाले खोप लगाए भन्नेबारे जानकारी नआएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।