सांग्रिला डेभलपमेन्ट बैकद्धारा जिल्ला अस्पताल दार्चुलामा फलफुल वितरण तथा मन्दिर सरसफाई कार्याक्रम सम्पन्न

२ बर्ष अघि

२0७८ कार्तिक १२ शुक्रबार

सांग्रिला डेभलपमेन्ट बैकद्धारा जिल्ला अस्पताल दार्चुलामा फलफुल वितरण तथा मन्दिर सरसफाई कार्याक्रम सम्पन्न

दार्चुला । साग्रिला डेभलपमेन्ट बैक दार्चुला शाखाले आफ्नो १७ औँ वार्षिकउत्सवको अवसरमा जिल्ला अस्पताल दार्चुलामा रहेका विरामिहरुलाई फलफुल वितरण तथा मालिकार्जुन मन्दिरमा सरसफाई कार्याक्रम गरेको छ ।  सांग्रिला डेभलपमेन्ट बैंकको  १७ आँै वार्षिकउत्सवको पुर्व सन्धामा साता व्यापि कार्यक्रम अन्तरगत शुक्रबार जिल्ला अस्पताल दार्चुलामा विरामिहरुलाई फलफुल वितरण तथा मालिकार्जुन मन्दिरमा सरसफाई कार्याक्रम गरेको हो । वार्षिकउत्सव कार्याक्रमलाई सफल पार्न देशभर सता व्यापि कार्याक्रम गर्न लागेको सांग्रिला डेभलपमेन्ट बैंक शाखा दार्चुलाका प्रवन्धक प्रकाश रेग्मीले जानकारी दिनुभयो । त्यसै गरि वार्षिकउत्सवै अवसर पारेर सांग्रिला डेभलपमेन्ट बैंक दार्चुला शाखाले खंलगामा कार्तिक १३ गते शनिवार सांग्रिला घर दैलो खाता खोल्ने अभियान तथा क्यु आर कोड वितरण कार्याक्रम गर्ने सांग्रिला डेभलपमेन्ट बैंक दार्चुला शाखाका प्रवन्धक रेग्मीले बताउनु भयो । बैंकले १७ वर्ष पुरा गरी १८ वर्ष प्रवेश गरेको अवसरमा विविध कार्याक्रमको आयोजना गरि मनाई रहेको छ । सांग्रिला बैंकको दार्चुला शाखाले संस्थागत सामाजिक उत्तर दायित्वका अन्य कार्यक्रम गरि भालि कार्तिक १३ गते विभिन्न कार्याक्रमका साथ सांग्रिला डेभलपमेन्ट बैंकको  १७ औँ वार्षिकत्सव मनाईने सांग्रिला डेभलपमेन्ट बैंक दार्चुला शाखाका प्रमुख प्रकाश रेग्मीले जानकारी दिनुभयो ।