दार्चुलामा कार्तिक २५ गते देखि गणक गाउँ गाउँमा जाने

२ बर्ष अघि

२0७८ कार्तिक १0 बुधबार

दार्चुलामा कार्तिक २५ गते देखि गणक गाउँ गाउँमा जाने

दार्चुला । राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणना सकिएपछि  दोस्रो चरणको गणनाका लागि गणकहरुको टोली पुन ः दार्चुलाका नौ वटै स्थानीय तहका गाउँगाउँमा जाने भएको छ । जिल्ला जनगणना कार्यालय दार्चुलाले गणकहरुलाई तालिम दिएर मंसिर ९ गते सम्मका लागि प्रत्येक घरपरिवारको सूचीकरण लिइसक्ने गरी टोली स्थानीय वासीका घरदैलोमा खटाएउने जनाएको छ ।

गणकहरुले घरधुरीहरुमा पुगेर सम्पुर्ण डाटा संकलन गरी राष्ट्रिय जनगणना कार्यालय दार्चुला वा स्थानीय जनगणना कार्यालयमा बुझाउने बताइएको छ । खटिएका गणकहरुले अहिले यहाँका नौ वटै स्थानीय तहमा स्थानीयवासीका घरघरमा पुगेर काम गर्ने बताइएको छ । यसका लागि जिल्लाभरीबाट १ सय ८३ जना गणकहरु छनोट भएका छन ।

राष्ट्रिय जनगणना अभियानमा कोही नछुटुन कोही नदोहोरिउन भन्ने नाराका साथ सदरमुकामदेखि गाउ स्तरसम्म सचेतना अभियान पनि  सुरु गरिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका जनगणन अधिकृत पदम राज पाण्डेले जानकारी दिनु भएको छ ।

व्यक्तिगत विवरण संकलन गर्न गाउँ गाउँमा जाने गणकहरुलाई सही तथ्याङ्क उपलब्ध गराउन सर्वसाधारणमा आग्रह गरिएको छ । जिल्ला जनगणना कार्यालय दार्चुलाका अनुसार महाकाली नगरपालिकामा सबै भन्दा बढि ३८ जना गणक छनोट भएका छन् । यस्तै शैल्यशिखर नगरपालिकामा ३१ जना, व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा समान १३÷१३ जना, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र नौगाड गाउँपालिकामा पनि समान २०÷२० जना, मार्मा गाउँपालिकामा १९ जना र अपिहिमाल गाउँपालिकामा ९ जनागरी जिल्लाभरीबाट १ सय ८३ जनाको नाम सार्वजनिक गरिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका जिल्ला जनगणना अधिकारी पदम राज पाण्डेले जानकारी दिनुभयो ।


केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको थियो । सफल भएका उमेदवारहरुमध्ये व्यास, दुहुँ, महाकाली र नौगाड गाउँपलिकाका गणकहरुले यहि कार्तिक ११ र १२ गते जिल्ला जनगणना कार्यालयमा सम्पर्क गरी नियुक्ती बुझ्नुपर्नेछ । अपिहिमाल, मार्मा, गाउँपालिका र शैल्यशिखर नगरपालिकाका सफल उमेदवारहरुले कार्तिक १२ गते स्थानीय जनगणना कार्यालय गोकुलेश्वरबाट सम्पर्क गरेर नियुक्ती बुझ्नुपर्नेछ ।

यस्तै मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका सफल भएका उमेदवारहरुले कार्तिक १२ गते नै स्थानीय जनगणना कार्यालय शंकपुर पस्तीबाट नियुक्ती बुझ्नुपर्नेछ ।अधिकाँस सुपरीवेक्षकहरु स्थानीय तहकै नागरिक छन्, उनीहरु गाउँमा जाँजा सुरक्षाकालागि त्यहीका सुरक्षाकर्मीको समन्वयमा खटाउने व्यवस्था मिलाएका छौँ, सररक्षाको समस्या केही छैन् । विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्या १ लाख २५ हजार २सय ७४ रहेको छ । जसमा पुरुष तर्फ ६३ हजार ६सय ५ तथा ६९ हजार ६सय ६९ जना महिला रहेको पाइएको छ । प्रत्येक दश दश वर्षमा जनगण