दार्चुलामा भेरोसेल खोपको दोस्रो डोज लगाउन स्थानीय तहमा खोप पठाइयो

२ बर्ष अघि

२0७८ कार्तिक १0 बुधबार

दार्चुलामा भेरोसेल खोपको दोस्रो डोज लगाउन स्थानीय तहमा खोप पठाइयो

दार्चुूला । दार्चुलामा बिहीवार भोली देखि पाच दिन सम्म कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ । गत असोज १० देखि १४ गतेसम्म भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई भोली देखि दोस्रो डोज लगाइने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार यसका लागि बुधबार सम्म जिल्लाका नौवटै स्थानीय तहमा भेरोसेल खोप पठाइएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपर भाइजर विरेन्द्र राज भट्टले जानकारी दिए । 


उनका अनुसार जिल्लाको शैल्यशिखर नगरपालिकामा सबै भन्दा बढि ४८ सय ५० डोज खोप पठाइएको छ भने सबै भन्दा कम व्यासँ गाउँपालिकामा १५ सय डोज खोप  पठाइएको छ । यस्तै जिल्लाको महाकाली नगरपालिकामा ४८ सय मालिकार्जुनमा ४३ सय दुहुँ गाउँपालिकामा २३ सय ६० डोज लेकम गाउँपालिकामा २२ सय ५० डोज नौगाड गाउँपालिकामा ३३ सय डोज खोप अपि हिमाल गाउँपालिकामा १९ सय तथा मार्मा गाउँपालिकामा ३८ सय डोज खोप पठाइएको  खोप सुपर भाइजर भट्टले बताए । 
हाल सम्म दार्चुलामा १८ वर्षमाथिका २९ हजार ९ सय ४५ जनाले कोरोनाविरुद्धको भेरोसेलको पहिलो मात्रा लगाएको जनाएको छ ।

पहिलो मात्रा लगाएका नागरिकहरुलाई यहि कार्तिक ११ गतेदेखि कार्तिक १५ गतेसम्म खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वाथ्य अधिकृत जयराज भट्टले जानकारी दिनु भएको छ ।  जिल्लाका ९२ ओटा खोप केन्द्रबाट खोप दिइने बताइएको छ । दार्चुलामा ३७ हजार ९ सय ९९ नागरिकले पूर्ण खोप पाएका छन् । खोपको पहिलो मात्रा ७१ हजार ४९ जनाले पाएका छन् भने जिल्लामा ३१ हजार ३ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । खोपको पहिलो मात्रा लगाएकाहरुलाई नजिकको खोप केन्द्रमा खोप कार्डसहित आउन आग्रह गरिएको छ ।

तत्काल दार्चुला जिल्ला कोरोना मुतm भएको पनि स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।दार्चुला जिल्लामा हाल सम्म २१ सय ५ जनालाई स्टा«जेनिका खोप लगाउन बाकी रहेको पाइएको छ । १८ वर्षमाथिका जम्मा जनसंख्याको ७४ दशमलब १६ प्रतिशत जनसंख्याले पहिलो डोज खोप लगाएको अधिकृत जयराज भट्टले जानकारी दिनु भएको छ । यस्तै पुर्ण खोप लगाउनेको संख्या भने ४० प्रतिशत पुगेको छ ।