जनगणनाका लागि दार्चुलामा १८३ गणक छनोट

२ बर्ष अघि

२0७८ कार्तिक ९ मंगलवार

जनगणनाका लागि दार्चुलामा १८३ गणक छनोट

दार्चुला । राष्ट्रिय जनगणना कार्यालय दार्चुलाले नौँ वटै स्थानीय तहमा काम गर्नका लागि १८३ जना गणकको नाम सार्वजनिक गरेको छ । दुई नगरपालिका र सात गाउँपालिकामा खटिने गणकहरुको अन्तिम नतिजा सार्वजनिक गरिएको हो । जसअनुसार महाकाली नगरपालिकामा सबै भन्दा बढि ३८ जना गणक छनोट भएका छन् । यस्तै शैल्यशिखर नगरपालिकामा ३१ जना, व्यास गाउँपालिका र दुहुँ गाउँपालिकामा समान १३र१३ जना, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र नौगाड गाउँपालिकामा पनि समान २०र२० जना, मार्मा गाउँपालिकामा १९ जना र अपिहिमाल गाउँपालिकामा ९ जनागरी जिल्लाभरीबाट १ सय ८३ जनाको नाम सार्वजनिक गरिएको जिल्ला जनगणना कार्यालय दार्चुलाका जिल्ला जनगणना अधिकारी पदम राज पाण्डेले जानकारी दिनुभयो ।

केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आव्हान गरेको थियो । सफल भएका उमेदवारहरुमध्ये व्यास, दुहुँ, महाकाली र नौगाड गाउँपलिकाका गणकहरुले यहि कार्तिक ११ र १२ गते जिल्ला जनगणना कार्यालयमा सम्पर्क गरी नियुक्ती बुझ्नुपर्नेछ । अपिहिमाल, मार्मा, गाउँपालिका र शैल्यशिखर नगरपालिकाका सफल उमेदवारहरुले कार्तिक १२ गते स्थानीय जनगणना कार्यालय गोकुलेश्वरबाट सम्पर्क गरेर नियुक्ती बुझ्नुपर्नेछ । यस्तै मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका सफल भएका उमेदवारहरुले कार्तिक १२ गते नै स्थानीय जनगणना कार्यालय शंकपुर पस्तीबाट नियुक्ती बुझ्नुपर्नेछ ।


व्यास, दुहुँ, महाकाली र नौगाड गाउँपालिकाका उमेदवारहरुले कार्तिक १३ गते देखि १६ गते सम्म हुने गणक तालिममा सहभागिता हुनुपर्ने बताइएको छ । अपिहिमाल, मार्मा र शैल्यशिखरका उमेदवारहरुले गोकुलेश्वर तथा मालिकार्जुन र लेकम गाउँपालिकाका उमेदवारहरुले शंकरपुरपस्तीमा हुने गणक तालिममा सहभागिता जनाउनुपर्ने जिल्ला जनगणना कार्यालय दार्चुलाले जनाएको छ । राष्ट्रिय जनगणना २०७८ अन्तरगत छनोट भएका उमेदवारहरुले दार्चुला जिल्लाका प्रत्येक घरधुरीहरुमा गई आवश्यक प्रश्नावली भर्नुपर्ने छ । मेरो गणना, मेरो सहभागीता’ भन्ने नाराका साथ हुन लागेको बाह्रौँ राष्ट्रिय जनगणना २०७८ को तयारी तिव्र बनाइएको छ ।

जनगणना कार्यालयको सूचना र छनोट भएका गणकहरुको सूची हेर्नुहोस